‘होस्टेल रिटर्न्स’मा समाबेश सम्पुर्ण अडियो गीत सार्वजनिक

मञ्चमा चलचित्रका कलाकारलाई प्रत्यक्ष उपस्थित गराएर अभिनय गराउँदै चलचित्रको लाइफ प्रोमो प्रस्तुत गदैं आएको चलचित्र होस्टेल रिटर्न्सले चलचित्रमा समाबेश सम्पुर्ण अडियो गीत सार्वजनिक गरेको छ । चलचित्रमा समाबेश ६ वटा गीतको अडियो सार्वजनिक गरेको होस्टेल रिटर्न्सले चाडैं नै अडिया गीतको भिडियो सार्वजनिक गर्ने निर्माता सुनिल रावलले जानकारी दिए । यूवाबर्गलाई लक्षित गदैं सार्वजनिक गरिएको ‘ड्रिन्क ड्रान्क ड्रन्क’,’बावु त बन्नु’,’मुसुक्क हाँस्ने’,’आधि आधी’ टुक्रा,’फेरी आउँछ’ र ‘तु रु रु तु रु’ नामक बोलका ६ वटा गीतमा गायक स्वप्निल शर्माको आवाज रहेको छ ।
hostel 3
सार्वजनिक गरिएको पहिलो गीत ड्रिन्क,ड्रान्क,ड्रन्कमा भने स्वप्निल शर्माका साथमा सञ्जय र नवराज अन्सारीको आवाज स्वर रहेको छ । चलचित्र होस्टेल रिटर्न्स गतवर्ष प्रदर्शित होस्टलको सिक्वेल हो। दुर्गिस फिल्म्सको ब्यानरमा बनेको यो तेस्रो चलचित्र हो। यो ब्यानरबाट बनेका यसअघिका चलचित्र होस्टेल र सायद दुवै सफल चलचित्र हुन्। होस्टल रिटर्न्‍स आगामी वैशाख २५ गते रिलिज हुदेंछ । चलचित्रमा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्र ‘होस्टेल रिटर्न्स लाई सुरज भुषालले निर्देशन गरेका हुन् ।