Tue. May 14th, 2024

बलिउड नायिका दीपिका पादुकोण संजय लीला भंसालीको चलचित्र बाजीराव मस्तानीको शुटिङको लागि तयार भएकी छिन् । चलचित्रमा दीपिकाले २० केजी बढीको कपडा लगाएर युद्ध मैदानमा तरवार खेलाउनु पर्ने छ । यो एक्शन दृश्यलाई न्याय गर्न उनले केहि समय ट्रेनिङ पनि लिएकी छिन् । दीपिकाले चलचित्रको कथालाई भरपूर न्याय गर्न काफी तयारी गरेको बताएकी छिन् ।

dipika

चलचित्र बाजीराव मस्तानी मराठा साम्राज्य प्रमूख बाजीराव र उनकी दुई श्रीमतीको कहानीमा बन्न लागेको चलचित्र हो । चलचित्रमा बाजीरावको भूमिकामा रणवीर सिंह, जेठी श्रीमती काशीको भूमिकामा प्रियंका चोपंडा र कान्छी श्रीमती मस्तानीको भूमिकामा दीपिका पादुकोण देखिदै छन् । चलचित्र १८ डिसेम्वरमा रिलिज गर्ने निर्माण पक्षको तयारी रहेको छ ।

%d bloggers like this: