Mon. Feb 24th, 2025

नयाँ बर्ष २०७२ को अवसर पारेर अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदायबिच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ अमेरिकामा प्रस्तुत गरिने भएको छ। उक्त कार्यक्रममा सहभागी हुन नेपालका हास्य विधाका चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस) तथा कुन्जना घिमिरे (सुन्तली) अमेरिका जाने भएका छन् । उनीहरुसगैं उक्त कार्यक्रममा दोहोरी क्षेत्रका ख्यातिप्राप्त गायक पशुपति शर्मा र गायिका संगीता थापा मगरले दोहोरी गायन प्रस्तुत गर्ने छन् । कुन्जना घिमिरेले बिभिन्न प्रकारका गीतमा नृत्य समेत प्रस्तुत गर्ने छिन् भने कार्यक्रमको लागि संगै अमेरिका आएका चर्चित गायक प्रमोद खरेलले आधुनिक तथा गजल गायन प्रस्तुति पनि गर्ने भएका छन्।
new year
२०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रम को लागि आई पुगेका सम्पूर्ण कलाकारहरु पहिलो पटक अमेरिका आएका हुन् भन्दै अमेरिकामा यो कार्यक्रम ल्याउने जिम्मेबार लिएका वर्ल्ड बिजनेस म्यनाज मेन्ट एंड कन्सल्टेन्ट प्रालिका व्यवस्थापक तथा संयोजक बुद्धि प्रसाद रेग्मीले बताए। उक्त कार्यक्रम अमेरिकाको भर्जिनिया, बोस्टन, हुस्टन, डलास, अस्टिन, न्यु योर्क, सिकागो, नेब्रास्का, बाल्टिमोर, नर्थ क्यारोलिना, कोलोराडो, सन् फ्रान्सिस्को, लास एन्जेलसलगायत दुई दर्जन भन्दा ज्यादा राज्यहरुका शहरहरुमा प्रस्तुति हुने भएको छ। कलाकारहरु अप्रिल ४ देखि जुन ७ सम्म अमेरिकामा रहने भएकोले यी भन्दा ज्यादा स्थानमा कार्यक्रम देखाउन चाहना राख्नेले आयोजकसंग सम्पर्क गर्न सक्ने बताईएको छ। कार्यक्रमबाट उठेको केही रकमबाट नेपालस्थित अनाथालयहरुको सहयोगार्थ पनि गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।