Sun. Feb 23rd, 2025

तामिल चलचित्रका सर्वाधिक सफल नायक विक्रम नेपाल आएका छन्। आफ्नो अगामी फिल्म सुटिङका लागि उनी नेपाल आएका हन्। उनी आफ्नो नाम तय नभैसकेको नयाँ चलचित्र छायांकनका लागि नेपाल आएको वुझिएको छ । चलचित्रको छायांकन काठमाण्डौको साथमा पोखरा, भक्तपुरमा गरिनेछ । चलचित्र छायांकनका लागि यो यूनिट तराइका विभिन्न जिल्लामा समेत जानेछ ।

tamil-actor-vikram-bagged-the

चलचित्रका लागि नायक ज्याकी सौफ पनि नेपाल आउने बताइएको छ । सन् १९९० मा तामिल फिल्म इन कढाल कन्मानीबाट यात्रा सुरु गरेका ४८ वर्षीया विक्रमले ६ पटक उत्कृष्ट अभिनेताका लागि फिल्म फेयर अवार्ड जितिसकेका छन्। उनीद्वारा अभिनिति फिल्म सेथु, ढिल, जेमिनी, ढोल, सामीलगायतले सफलता हात परेको थियो। मालायालम र तेलुगु फिल्ममा समेत काम गरिसकेका उनले उत्कृष्ट अभिनेताकै लागि नेशनल फिल्म अवार्ड र तामिल नाडु स्टेट फिल्म अवार्डसमेत पाइसकेका छन्।