Sat. May 4th, 2024

केहि दिन अगाडी मात्र राजधानीमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा निर्माण घोषणा गरिएको चलचित्र स्काउटको हाल धमाधम छायांकन भइरहेको छ । मकवानपुरको बज्रबाराहिमा छायांकन भइरहेको चलचित्र स्काउटले स्काउट संस्थाको विषयमा कथा उठान गरेको छ । मधुकुमार श्रेष्ठको प्रस्तुती रहने यो चलचित्रमा केदार पराजुली र ईश्वर तिवारीको लगानी रहेको छ ।

scaut-muhurta

चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरिरहेका छन् । चलचित्रमा गरिमा पन्त, कुशल थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मले वेडेन पावेलले स्थापना गरेको स्काउटको अनुशासन र यसको महत्वलाई प्राथमिकता दिएको छ । यस चलचित्र अर्को बर्षसगैं प्रदर्शनमा आउने निर्माणपक्षले जानकारी दिएको छ ।

%d bloggers like this: