Sun. Feb 23rd, 2025

बलिउड अभिनेत्री अनुष्का शर्माले क्रिकेटर विराट कोहलीको खराब प्रर्दशनका लागि आफू जिम्मेवार नभएको बताएकी छन्। टिभी च्यानल एनडिटिभीसँग कुरा गर्दै अनुष्काले भनिन,‘ विराटको खराब खेल प्रर्दशनको जिम्मेवार म किन ?।’ उनले पत्रकारलाई क्रिकेट खेलाडीहरुसँग परिपक्व व्यवहार गर्न सुझाव समेत दिएकी छन। ‘मिडियाले क्रिकेट खेलाडीसँग व्यवहार गर्दा परिपक्व हुनुपर्छ’,उबले भनिन्। उनका प्रेमी कोहलीले जारी विश्वकपका क्रममा अष्ट्रेलियामा एक जना पत्रकारलाई आफ्नो र अनुष्काको बारेमा लेखेको भन्दै गाली गरेका थिए। चौतर्फी आलोचना भएपछि कोहलीले पत्रकारसँग माफी मागेका थिए।