Sun. Feb 23rd, 2025

anubhav

चैत २७ गते देशव्यापी रिलिजको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र नाईँ नभन्नू ल ३ को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा अनुभव रेग्मी,प्रियंका कार्की र संयम पुरीलाई विषेश प्राथमिकतामा राखेर निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको छ । अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, सञ्चिता लुईँटेल, सुरज सिंह ठकुरी, संयम पुरी, आश्मा डिसी, प्रियंका कार्की लगाएतको अभिनय रहेको यस चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन भने निर्देशक विकाश आचार्यले निर्माण गरेका हुन । विकाशले यस अधिका दुबै भाग निर्देशन गरेका थिए । सांगीतिक प्रेमकथामा बनेको ‘नाईं नभन्नु ल ३’मा बसन्त सापकोटाको संगीत रहेको छ । वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको यो फिल्मका लेखक तथा निर्माता विकास आचार्य हुन् ।