बलिउड अभिनेत्री रानी मुखर्जीलाई ‘मर्दानी’ फिल्मबाट महिला तथा बालबालिकाहरुको सुरक्षा जस्ता मुद्दालाई फिल्ममा सशक्त ढंगले प्रस्तुत गरेको भन्दै नेशनल अवार्डले सम्मानित गरिएको छ। गत मंगलबार ‘प्राइड इन युनिफर्म इन्स्पाइरिङ चेन्ज’ अवार्ड प्रदान गरिएको हो। उनलाई महिला अधिकारवादी तथा सामाजिक कार्यकर्ता श्रीरुपा मित्र चौधरीले उक्त अवार्ड प्रदान गरेकी हुन्।
प्रदिप सरकार निर्देशित फिल्ममा रानी मुखर्जीले क्राइम ब्रान्चकी फ्रही अधिकारी शिवानी शिवाजी रायको दमदार एक्सन भूमिकामा अभिनय गरेकी थिइन्। उनको सो फिल्मलाई समिक्षक तथा दर्शकहरुले मन पराएकी थिए। उक्त समारोहमा माहात्मा गान्धीकी नातिनी तारा गान्धी पनि उपस्थित थिइन्।