नायिका हुदैं निर्मात्री समेत बनिसकेकी नायिका नम्रता श्रेष्ठले होटल व्यबसायमा पनि उनले राम्रै सफलता हात पादैं गएकी छिन् । ठमेलमा पार्टनरसिपमा ‘एटिक’ रेष्टुरेन्ट सञ्चालन गरेकी नम्रताले फेरी अर्को रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छिन् । उनले टंगालमा ‘टंगालउड’ रेष्टुरेन्ट सुरु गरेकी छिन् । चौबिसै घण्टा सेवा दिने उदेश्यसहित खोलिएको यो रेष्टुरेण्टमा बुटिक समेत रहने छ ।
आर्यान सिग्देल, रबिना देशराज श्रेष्ठ, निकुन श्रेष्ठ सहित केहि कलाकार,पत्रकारहरुको सहभागीतामा उनले रेष्टुरेन्ट शुभारम्भ गरेकी थिईन् । होटल व्यबसाय आफ्नो पेशा र कलाक्षेत्र आफ्नो शोख रहेको बताउने नम्रताको हाल अर्धकट्टी नामक चलचित्र प्रदर्शनमा रहेको छ । उनले पहिलो पटक निर्माण गरेको चलचित्र सोल सिस्टर गएको माघ २ गते प्रदर्शनमा आएको थियो तर उक्त चलचित्रले कमाल देखाउन भने सकेन ।