Sun. Feb 23rd, 2025

नेपाली तारा ३ मा अन्तिम तीन जना प्रतिश्पर्धी छानिएका छन्। भदौ १७ देखि धरानबाट सुरु भइ नारायणगढ, बुटवल, पोखरा, भत्तपुर हुँदै राजधानी काठमाडौँसम्म विभिन्न चरणमा गरी अन्तिम तीन जना प्रतिश्पर्धी छानिएका हुन्। कोका–कोला नेपाली तारा ३ ले अब आफ्नो उत्कृष्ट तीन प्रतियोगीहरु सुरेस लामा, प्रताप लामा र देबेस राई छानिएका छन्। नेपाली तारा ३ को अन्तिम प्रदर्शन फागुन २२ गते भद्रकाली, काठमाडौँ स्थित आर्मी अफिसर्स क्लबमा हुँदैछ। उत्कृष्ट तीन प्रतियोगीहरुले आफनो अन्तिम स्टुडियो प्रदर्शन दिइसकेका छन् र निर्णायकहरुले उनीहरुलाई अङ्क पनि दिएका छन् (जुन अहिलेसम्म खुलासा गरिएको छैन)। अब सोहि अङ्कमा दर्शकहरुको भोट पनि जोडिने छ। भोटिङ लाइन २२ फाल्गुन, २०७१ को बिहान १० बजेसम्म खोलिने छ। त्यसै दिनमा उत्कृष्ट तीन प्रतियोगीहरुले दर्शकहरुका लागि पनि गाउने छन्।

nepali tara

अन्तिम तीन जना प्रतिश्पर्धीमा छानिएका मोरङ्गका प्रताप लामा,इटहरीका देबेस राई र चितवनका सुरेस लामा रहेका छन् । अब यि तिन प्रतिस्पर्धी मध्य एकजनाले कोका–कोला नेपाली तारा ३ को उपाधी लैजाने छन् । प्रतियोगिताको विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ। अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन्। यसका साथै विजेताले दक्षिण कोरियाको सियोलमा कन्सर्टको पनि मौका पाउनेछन्। कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्टे्रलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन्। अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।