अष्ट्रेलियाको मेलवर्न,सिड्नी लगायतका विदेशी शहरहरुमा प्रिमियर शोको आयोजना गरिसकेको ऐतिहासिक चलचित्र सेतो बाघ चैत २७ गते नेपालमा देशव्यापी प्रदर्शनको तयारीमा रहेको छ । डायमण्ड शमशेर राणाको ऐतिहासिक उपन्यास सेतो बाघमा आधारित भएर बनाइएको यस चलचित्रमा राणा शासक जंगबहादुरका अन्तिम समयका केही दिनलाई समेटिएको छ। ‘सेतो बाघ’मा ऐतिहासिक विषयवस्तु, प्रेम र दुश्मनीका कहानी, र सत्ताको लागि राणाभाइहरूबीच भएको षड्यन्त्रको कथा रहेको छ ।
जंगबहादुर राणाको भूमिका बिएस राणा छन् । त्यस्तै चलचित्रमा राजाराम पौडेल, रवि गिरी तथा पवन मैनालीको पनि अभिनय रहेको छ । नीर शाहद्वारा निर्देशित सेतो बाघलाई गोपीकृष्ण मुभिजले वितरणको जिम्मा लिएको छ । निर्देशक शाहका अनुसार सेतो बाघ पढेको सबैले हेर्ने छन । र, नेपालको ईतिहास र राणाकालिन समय थाहा पाउनका लागि पनि चलचित्र हेर्नु पर्ने छ । चलचित्रको सार्वजनिक ट्रेलर र गीत संगीतले पनि दर्शकहरुको ध्यान आकर्षित गरी रहेको निर्देशक शाहको बुझाई छ । स्मरण रहोस ऐतिहासिक चलचित्र सेतो बाघ र मसलेदार हवल्दार सुन्तली चैत्र २७ देखि देशब्यापी रिलिज हुदैछ ।