Wed. Apr 24th, 2024

सानो संसार र कोही मेरो जस्ता चलचित्र निर्देशन गरेका स्व.निर्देशक आलोक नेम्बाङ्को अन्तिम, तेस्रो चलचित्र अझै पनि दर्शकहरुको रोजाईमा परेको छ । केही दिन अघि गरिएको प्रिमियर शोमा पाएको प्रतिक्रिया झै शुक्रबार र शनिबार चलचित्रले दर्शकहरुको समर्थन पाएको छ । पुनम गौतम र सुर्दशन थापाको निर्माण रहेको चलचित्रले दर्शकहरुबाट उत्साह जनक साथ पाएको छ । चलचित्र हेरेका दर्शकहरु पनि निक्कै खुसी देखिएका छन । २ घण्टा १७ मिनेट लामो चलचित्र हेर्दा कुनै पनि समयमा असहज महशुस नभएको भन्दै नयाँ कलाकारको दर्शकले तारिफ गरेका छन् ।

aajai pani

निर्माण संस्थाले भने जस्तै अझै पनि नेपाल र नेपालीहरुको कथामा बनेको चलचित्र हो । ‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ । प्रितम पाण्डेको सम्पादन, राजेश श्रेष्ठको छायांकन, महेश खड्का, हरि लम्साल, सचिन सिंह र राजनराज सिवाकोटीको संगीत रहेको यो‍‍ चलचित्र पुनम इन्टरटेन्मेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको हो ।

%d bloggers like this: