Wed. Feb 5th, 2025

यति बेला देश देखी विदेशमा आयोजना भइरहेका विभिन्न सांस्कृतिक कार्यक्रम देखी महोत्सबसम्म नेपाल कलाकारहरुको व्यस्तता बढ्दैं गइरहेको अबस्थामा अब नेपालीहरुको महानचार्ड फागु पुर्णिमाको दिन नेपालका चर्चित कलाकारहरु भने मुम्बईमा हंगामा गर्ने भएका छन् । जनचेतना सरोकार मञ्चको आयोजना र नेपाली बहुउद्येशिय सेवा संघ,नासिकको विषेश सहयोगमा आयोजना हुन लागेको ‘होली स्पेशल सांस्कृतिक कार्यक्रम’मा नेपालका ख्याती प्राप्त कलाकारहरुले मुम्बईको परशुरामनाट्य गृह,नासिकमा हंगामा गर्न लागेका हुन् ।

holly

कार्यक्रममा नेपालकी चर्चित नायिका रेखा थापा,खलनायक पुष्कर भट्ट,नायक तथा निर्माता श्याम अर्याल,गायिका सकुन्तला सिंह,डान्सर प्रकाश बिसी लगायतका १ दर्जन नेपाली कलाकारहरुले भारतको मुम्बईमा हंगामा गर्ने छन् । ११ मार्च २०१५ मा आयोजना हुन लागेको उक्त कार्यक्रममा सम्पुर्ण कलाकारहरुले आ आफ्नो प्रतिभा प्रस्तुत गर्ने छन् ।