Thu. Feb 6th, 2025

am

चैत २७ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘नाइँ नभन्नु ल ३’ को दोश्रो अफिसियल गीत ‘कम्मरमाथि पटुकी’ रिलिज भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र आर्यन सिग्देललाई फिचरिङ गरिएको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा प्रल्हाद तिमिल्सिना र मलिना राइको आवाज छ । गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन। चलचित्रमा सुरज सिंह ठकुरी, सञ्चिता लुइटेल, आर्यन सिग्देल, प्रियंका कार्की, गरिमा पन्त, मुकेश ढकाल, संयम पुरी, आश्मा डीसीको साथमा बाल कलाकार अनुभव रेग्मीको मुख्य भूमिका छ । मुस्कान आचार्यले निर्देशन गरेको यस चलचित्रलाई विकास आचार्यले निर्माण गरेका हुन । यसभन्दा अघिका ‘नाइँ नभन्नु ल’,‘नाइँ नभन्नु ल २’ विकास आचार्यले नै निर्देशन गरेका थिए ।