Wed. Feb 5th, 2025

पछिल्लो समय बलिउडमा एकपछि अर्को गर्दै चलचित्रमा लगातार अभिनय गर्ने मौका पाइरहेकी पूर्वपोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोन यति बेला बलिउडकी चर्चित नायिकाको रुपमा आफुलाई स्थापित गराउदैं आएकी छिन् । पूर्वपोर्नस्टार भएका कारण अंगप्रदर्शन गर्न नहिचकिचाउने सन्नी सायद यसैले पनि बलिउडमा व्यस्त हुदैं आएको हुन सक्ने अनुमान यति बेला धेरैले लगाउदैं आएका छन् । त्यहि क्रममा सन्नी अब पूर्र्व विश्वसुन्दरी ऐश्वर्या रायले अभिनय गरेको चलचित्रमा देखिने भएकी छिन् । पूर्वविश्वसुन्दरी ऐश्वर्या रायको गीतमा पोर्न स्टार सन्नी लियोनले डान्स गरेकी छिन् ।

05_06_2014-5sunny

‘हम दिल दे चुके सनम’ चलचित्रमा ऐश्वर्यामाथि खिचिएको ‘ढोली तारो’ बोलको गीत ‘एक नही पहेली लीला’ नामक चलचित्रमा समावेश गरिएको छ । उक्त गीतमा सन्नीले डान्स गरेकी छिन् ।भुषणकुमारको सो गीतलाई मित ब्रदर्सले नयाँ शैलीमा बनाएका छन् । हालै जैसमरमा भव्य सेट लगाई खिचिएको सो गीतमा सन्नी पाँच सय डान्सरका साथ नाचेको एजेन्सीले उल्लेख गरेका छन् । सो गीतको सुटिङ एक हप्तासम्म चलेको थियो । ऐश्वर्याजस्तै आफू पनि सो गीतबाट हिट हुने आश सन्नीमा रहेको छ ।