Wed. Feb 5th, 2025

पछिल्लो समयमा नेपालमा पनि विभिन्न सुन्दरी प्रतियोगीता हुने क्रम बढ्दै गइरहेको अबस्थामा सहारा इन्टरटेनमेन्टले पनि मिस टुरिजम २०१५ व्युटि पेजेन्ट आयोजना गर्ने भएको छ । माघ १५ देखि काठमाडौंबाट सुरु हुने अडिसन विभिन्न जिल्लामा हुने छ। पूर्वको पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले मिस टुरिजम गर्न लागिएको आयोजक संस्था इभेन्ट मेनेजर सौगात रिजालले बताए। जनाएको छ। पूर्वको झापा, इलाम, इटहरी, विराटनगर, धरानमा अडिसन हुँदै छ भने हेटौडा र पोखरामा पनि अडिसन हुने रिजालले बताए ।

turi

अडिसनबाट छनौट सहभागीलाई पूर्व मिस पूर्वाञ्चल नेहा बजाजले तालिम प्रदान गर्ने बताइन्छ। बजाजले नियमित कोरियोग्राफी तालिमसँगै विभिन्न विज्ञहरुबाट पर्यटनका बिषयमा प्रशिक्षण दिने कार्यक्रम संयोजक रिना घलेले बताइन्। छानिएका सहभागीहरुलाई सामाजिक कार्य, र्‍याम्पवाक, ग्रुमिङ, हेयर एण्ड ब्युटि सम्बन्धि प्रशिक्षण धरानमा दिने र फाईनल प्रतियोगीता भने झापाको बिर्तामोडमा हुने इभेन्ट मेनजेर रिजालले जानकारी दिउका छन् ।