जेनिफरले फेरिन् आफ्नो नाम

la-et-ms-jennifer-lopez-aka-20140615

पपस्टार जेनिफर लोपेजले कानुनी रूपमा नै आफ्नो नाम परिवर्तन गरेकी छिन् । खबरका अनुसार पछिल्लो दशवर्षदेखी जेनिफर लोपेजको कानुनी नाम जेनीपर मुनिज थियो। उनले यो नाम उनका पूर्व पतिको नामको आधारमा राखेकी थिइन । ४५ वर्षीय यी गायिका एवम अभिनेत्रीले सन २००४ मा मार्को एन्थोनीसँग विवाह गरेपछि आफ्नो थर परिवर्तन गरेकी थिइन। हलिउडको एक अनलाइनले बताए अनुसार गत ३१ डिसेम्बरदेखी जेनीफरले नाम बदलेकी छिन। तर उनले के नाम राखेकी छिन् त्यो भने सार्वजनिक नभईसकेको बताइएको छ । प्राप्त खबर अनुसार उनले केहि दिन भित्रमा नै आफ्नो नाम सार्वजनिक गर्ने मनसायमा बनाएकी छिन् । मार्क र जेनीफर सन २०११ मा एकअर्कासँग छुट्टिसकेका छन।

Back To Top