ऋतिक हलिउड शैलीको एक्सन देखिने

ritik

बलिउडमा निकै राम्रो व्यबसायिक फड्को मारेको ‘धुम’ को अपार सफलतापछि यसराज फिल्मसले ऋतिक रोशनलाई लिएर फेरी अर्को फिल्म सुरु गर्ने भएको छ । कोइमोइ षटकमले जनाए अनुसार यसराज फिल्मसले यसलाई ‘धुम’ सिनेमा जत्तिकै भब्य बनाउने योजना बनाएको छ। सिनेमामा हलिउड शैलीका एक्सनहरु रहने बताइएको छ । उक्त फिल्मलाई ‘धुम(३’ सिनेमाका निर्देशक विजय क्रिशनन आचार्यले निर्देशन गर्ने छन। ऋतिकको समय मिलेपछि यसराजले यस सिनेमाको घोषणा गर्नेछ। ऋतिक हाल एतिहासिक कथामा आधारित सिनेमा ‘मोहिनजो दारो’को छाँयाकनमा व्यस्त छन।

Back To Top