Wed. Feb 5th, 2025

kabadhi-720x371 

व्यवसायिक रुपमा सफल भएको चलचित्र कबड्डीको सिक्वल बन्ने भएको छ। आगामी फागुनबाट फ्लोरमा जाने भनिएको चलचित्र कबड्डीको सिक्वलमा कलाकारहरु पनि तय भइसकेका छन। चलचित्र कबड्डीमा रहेका निश्चल वस्नेत तथा राजन खतिवडा भने कबड्डीको सिक्वलमा नहुने भएका छन् भने सौगात मल्ल यस सिक्वलमा मुख्य भूमिकामा हुनेछन। साथैं दयाहागं राई र रिश्मा गुरूङ चलचित्र कबड्डीको सिक्वलमा यथावत रहने बताइएको छ । सिनेमालाई पूर्ण रुपमा मुस्ताङमा छायाकंन गरिने चलचित्र कबड्डीको सिक्वलको हाल कथालाई अन्तिम रूप दिने काम भइरहेको छ। ‘कबड्डी’को सिक्वेललाई पनि रामबाबु गुरूङले नै निर्देशन गर्नेछन् ।