पुष २५ मा ‘अलबिदा’को एक्शनमा आर्यन

 मंसिर १९ गतेदेशभर प्रदर्शनमा आएको चलचित्र नाईकेमा गुण्डा नाईकेको धमकेदार एक्शन भुमिकामा देखिएका नायक आर्यन सिग्देल अब फेरी पुष २५ अर्को धमकेदार एक्शन भुमिकामा देखिन लागेका छन् । आर्यनको अर्को नयाँ चलचित्र ‘अलबिदा’मा आर्यन पुन एक्शन अवतारमानै देखिएका छन् । साथैं उनी पहिलो पटक मुस्लिम धर्ममा विश्वास गर्ने युवकको भूमिकामा देखिएका छन् । चलचित्र युनिटले केहि दिन अगाडी सार्वजनिक गरेको ट्रेलरमा आर्यनलाई खतरनाक एक्शन भुमिकामा देख्न सकिन्छ भने चलचित्रमा पनि उनको एक्शन भरपुर मात्रमा देख्न सकिने कलाकार तथा निर्माता हसन खानलले बताए ।

aalvida

मुस्लिम र हिन्दू समुदायको कथामा आधारित लक्ष्मण रिजालको निर्देशित चलचित्र ‘अलबिदा’मा आर्यन सिग्देल, हसन खान, अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका छ । एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यो फिल्मको कथा निर्माता तथा अभिनेता हसन खानले नै लेखेका हुन् । अभिनेत्री अनिता आचार्य चलचित्र अलविदामा मुस्लिम समुदायको युवतीको भूमिका निर्वाह गरेकी छिन् भने चलचित्रका निर्माता तथा कलाकार हसन खानले मुस्लिम समुदायको प्रतिनिधित्व गरेका छन् । चलचित्रमा अष्ट महर्जनको द्धन्दनिर्देशन, रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा तथा बिपिन मल्लको सम्पादन रहेको छ ।