कुनै समयबलिउड अभिनेता शाहिद कपूरसँग प्रेममा रहेकी करिनाले शाहिदसँग चलचित्र खेल्ने सम्भावना प्रवल रहेको छ। करिनाका पछिल्ला सिनेमा वक्सअफिसमा फ्लप रहे भने हाल करिनाको हातमा एकमात्र सिनेमा बजरंगी भाइजान छ। बजरंगी भाइजानमा सलमान खान मुख्य भुमिकामा भएका कारण चलचित्रले केहि धमका मच्चाउने करिनाले विश्वास लिएकी छिन् । यि दुई पूर्वप्रेमप्रेमिका करिना कपूर र शाहिद कपूर उडता पंजाब सिनेमामा सँगै देखिने सम्भावना प्रवल हुँदै गएको छ। श्रोतका अनुसार करिनालाई सिनेमाको कथा मन परेको छ। सिनेमामा करिनाका अलवा आलिया भट्ट पनि हुने छिन्। श्रोतले दिएको जानकारी अनुसार करिनाले सिनेमा खेल्नका लागि हुन्छ भन्ने सम्भावना बलियो रहेको छ। शाहिद र करिनाले पछिल्लो पटक सन् २०१० सतिश कौशिकको मिलेगें मिलेगेंमा सँगै अभिनय गरेका थिए।