Fri. Mar 29th, 2024

lingg

सुपरस्टार रजनीकांतको फिल्म प्रदर्शनमा आउने तर रेकर्ड नबनाउने भन्ने कुरा नै हुदैंन त्यसैले होला फेरी रजनीकांतले अर्को रेकर्ड बनाएका छन् । रजनीकांतको पछिल्लो नयाँ फिल्म लिंगाले प्रदर्शनमा आएको तिन दिनमा १०० करोडको व्यापार गरेको छ । त्यतिमात्र होइन की तामिल फिल्म इतिहासमै सबैभन्दा चाडो १०० करोड कमाउने फिल्म समेत बन्न सफल भएको छ । फिल्ममा रजनीकांत ,सोनाक्षी सिन्हा र अनुष्का शेट्टी मुख्य भुमिकामा छन् । लिंगाले प्रदर्शनमा आएको पहिलो दिननै ३७ करोडको व्यापार गरेको थियो । रजनीकांतको फिल्म लिंगाको सफलतालाई लिएर उनको परिवारपनि निकै खुसी छन् । परिवारले समेत रजनीकांतको फिल्म हेरेका छन् ।

%d bloggers like this: