Fri. Apr 26th, 2024

नेपाली चलचित्र सगैं नाटकमा समेत रुचि राख्ने नायिका नम्रता श्रेष्ठले निर्माण गरेको चलचित्र अब दर्शकले हेर्न पाउँने भएका छन् । राम्री नायिकाको रुपमा आफ्नो परिचय बनाएकी नायिका नम्रता श्रेष्ठले निर्माण गरेको चलचित्र ‘सोल सिस्टर’ अब माघ १ गतेबाट दर्शकले चलचित्रहलहरुमा हेर्न पाउँने भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्रको टिजर,रिलिज मिति र प्रोडक्शन कम्पनीको घोषणा गरेकी थिइन । सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा चलचित्रको टिजर,रिलिज मिति र प्रोडक्शन कम्पनीको घोषणा गरिएको थियो । साथमा महानायक राजेश हमाल पनि उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै नायिका तथा निर्मात्री नम्रता श्रेष्ठले चलचित्रको कथावस्तु आफुलाई अत्याधिक मनपरेका कारण आफुले पहिलो पटक चलचित्रमा लगानी गरेको खुलाईन ।

soul-sister0020

चलचित्रले दर्शकको निकै राम्रो साथ पाउने दाबी गर्दै नायिका नम्रता श्रेष्ठले चलचित्र ‘सोल सिस्टर’ले नेपाली बक्सअफिसमा पनि राम्रो छाप छोड्ने बताइन । चलचित्रको टिजर सार्वजनिक गरेपछि कार्यक्रममा बोल्दै सुचना तथा सञ्चारमन्त्री मिनेनद्र रिजालले टिजरबाट आफूले चलचित्र गुणस्तरीय बनेको हुनु पर्ने विस्वास व्यक्त गरे । त्यस्तै महानायक राजेश हमालले चलचित्र ‘सोल सिस्टर’मा आफ्नो पनि मुख्य भुमिका रहेका कारण चलचित्र निकै राम्रो बनेको दाबी गरे । अझ चलचित्रमा नम्रताको अभिनयले आफु अझ प्रभावित भएको बताउदै हमालले चलचित्रले दर्शकको मन सजिलै जित्ने समेत बताए । फिल्मको लेखन तथा निर्देशन प्रशान्त रसाइलीले गरेका हुन् । फिल्ममा नम्रता श्रेष्ठ, दीपक शर्मा, शकुन्तला बैद्य, राजेश हमाल र रविना देसराजको मुख्य भूमिका छ ।

%d bloggers like this: