Fri. Apr 19th, 2024

भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, सिंचाई मन्त्री एनपी साउद, गीतकार किरण खरेल र डा.कृष्णहरि बरालले संयुक्त रुपमा गायिका नम्रता काफ्ले खरेलको पहिलो एकल एल्बम ‘नम्रता’ विमोचन गरेका छन् । विमोचित एल्बम ‘नम्रता’मा पाँचवटा गीत रहेका छन् भने पाँचैवटा गीतमा किरण खरेलको रचना रहेको छ ।

namrata-copyपाँचवटा गीतमध्ये बालद झैं, फूल बनि र मै राम्री गीतमा दीपक शर्माले तथा तिमी छौं र सानो कुरा बोलको गीतमा हरि लम्सालले संगीत दिएका छन् । बिमोचन कार्यक्रममा बादल झैं र तिमी छौंको म्युजिक भिडियो देखाइएको थियो भने कार्यक्रममा बोल्दै सबै व्यक्तिहरुले एल्बममा समावेश सबै गीतहरु उत्कृष्ट रहेको बताएका थिए ।

%d bloggers like this: