Thu. Apr 25th, 2024

कात्तिक १४ गते राजधानीमा र कात्तिक २१ गते राजधानी बाहिर प्रदर्शन भएको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’की नायिका ऋचा शर्मा हाल चितवनको रत्ननगरमा गरिबका लागी घर निर्माण कार्यमा लागेकी छिन् । टुल्केलले केहि राम्रो व्यापार गरेपनि त्यसभन्दा अघिका चलचित्रबाट खासै राम्रो चर्चा बटुल्न नसकेकी नायिका शर्मा हाल गरिबका लागि घर बनाउन चितवन पुगेकी छन्। ह्याविट्याट फर ह्युम्यानिटी र एभरेस्ट विल्ड थ्रीको सहकार्यमा चितवनको रत्ननगरमा ३६ गरिब परिवारका लागि घर निर्माण गरिँदैछ। यस अभियानकी युथ एम्बेसडर ऋचा आफ्नै हातले घर बनाउँदै छिन्।

richa sarmaऋचा भन्छिन् ‘मेरो सानो मेहेनतले कसैले बस्ने बास पाउँछ भन्ने त्यो मेरो लागी ठुलो काम हुनेछ त्यसैले यस्ता कार्यमा लाग्न म सबैलाई अनुरोध गर्छु’-ऋचाले भनिन् । ‘ह्याविट्याट इन्टरनेसनल’का चार सय स्वयंसेवक र सयजना नेपाली गरी पाँच सयजनाको सहभागितामा घर निर्माण हुँदै छ। ६ दिनमा ३६ वटा घर बनाउन उनीहरूले १५र१५ जनाको समूह बनाएका छन्। ऋचाको भागमा १३ नम्बरको घर बनाउने जिम्मा छ। ह्याविट्याटले यसअघि विश्वका विभिन्न ठाउँमा ५० हजार परिवारलाई घर उपलब्ध गराएको छ। सन् २०१६ सम्म यो संख्या एक लाख पुस्याउने लक्ष्य ह्याविट्याटको छ। ह्याविट्याटले अर्को वर्ष पोखरामा सयभन्दा बढी घर निर्माण गर्ने योजना बनाएको छ।

%d bloggers like this: