सन्नीलाई सिरियस रोल

बलिउड निर्देशक कैजाद गुस्तादलाई विश्वास गर्ने हो भने उनको आगामी फिल्म ‘ज्याकपट’मा पोर्नस्टार सन्नी लियोन गम्भीर भूमिकामा देखापर्नेछिन्। पोर्न फिल्मको लामो अनुभवले दर्शकमाथि सन्नीको सेक्सी छवि गढिएको भए पनि फिल्ममा आफूले उनलाई फरक रूपमा उतार्ने गुस्तादको भनाइ छ।
‘सम्पूर्ण फिल्म उनको वरिपरि घुम्नेछ, उनी फगत ‘आई क्यान्डी’ बन्ने छैनन्,’ गुस्तादले भने। ज्याकपटमा सन्नीबाहेक नसिरुद्दिन साहले पनि अभिनय गर्नेछन्। सन्नीको कडा परिश्रम र लगनशीलताबाट आफू प्रभावित भएको निर्देशक गुस्तादले बताए। भारतीय मूलकी क्यानडेली अभिनेत्री सन्नीले ‘जिस्म २’ मार्फत बलिउडमा प्रवेश गरेकी हुन्।

Back To Top