हलिउडतिर दीपिका

हलिउडले बलिउड कलाकारप्रति चासो बढाउन थालेको छ। इरफान खान, नसिरुद्दिन साहलगायत कलाकारले विभिन्न हलिउड फिल्ममा अभिनय गरिसकेका छन्। अब बलिउड अभिनेत्रीहरूको पालो आएको छ।
अभिनेत्री सोनम कपुरले ‘पाइरेट्स अफ द क्यारेबियन : डेड म्यान टू टेल नो टेल्स’ फिल्ममा काम गर्ने समाचार यसअघि सार्वजनिक भएको छ। सोनमपछि अब दीपिका पादुकोणका लागि पनि हलिउडको ढोका खुला भएको समाचार प्रकाशित भएको छ।
समाचारअनुसार …फास्ट एन्ड फ्युरियस– ७’ फिल्मका लागि दीपिकाको अडिसन भइरहेको छ। उनीबाहेक कंगना रानावत र चित्रांगदा सिंह पनि अडिसनमा सामेल भएको समाचार छ। फिल्मका निर्माता दीपिकाप्रति सकारात्मक रहेको र उनले हलिउडमा काम गर्ने सम्भावना उच्च रहेको समाचारमा उल्लेख छ।
deepikdeepika_padukone_hot_photoshoot_2101130123_04

Back To Top