Fri. Apr 19th, 2024

काटमाडौं । ८ देखि १२ वर्ष उमेर समुहका बाबु नानीहरुको प्रतिभा प्रस्तुतिको लागि १३ असोजमा ‘जेसिआई काठमाडौं लेडी नेपाल’को आयोजनामा ‘लिटिल प्रिन्स एन्ड लिटिल प्रिन्सेस–२०१३’ प्रतियोगिता हुने भएको छ ।
सो प्रतियोगीताको प्रतियोगीले शनिबार राजधानीमा एक समारोह माझ आप्m्नो प्रतिभा प्रस्तुत गरे । ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’ ट्यालेन्ट अवार्डको लागि उनीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।
लिटिल प्रिन्सका १८ प्रतियोगी र लिटिल प्रिन्सेसका ३९ प्रतियोगीले, गायन, नृत्य, अभिनय, बतृत्वकला, चित्रकला, बाद्यबादन जस्ता विभिन्न कला प्रस्तुत गरे । प्रतियोगीमध्य धेरैले नृत्य प्रस्तुत गरेका थिए ।
बेटर ग्यालेक्सीको व्यबस्थापनमा हुँदै आएको ‘लिटिल प्रिन्स एन्ड लिटिल प्रिन्सेस’को ट्यालेन्ट शोको निर्णायकमा नायिका रुपा खनाल, हास्य अभिनेता निर्माल शर्मा, नृत्य निर्देशक गोबिन्द राई, गायक कमल खत्री, मोडल सोना शाक्य र जेसिआई सिनेटर पारु ध्वजु थिए ।

%d bloggers like this: