Thu. Apr 18th, 2024

चलचित्र ‘पराई’ अब प्रदर्शनका लागि तयार भएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार यो चलचित्र यहीं पुष २६ गतेदेखि देशब्यापी प्रदर्शनमा आउदै छ। चलचित्रमा गोबिन्द शाही, गरिमा पन्त, नन्दिता केसी, निरज बराल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, बिष्णु सापकोटा, रामचन्द्र अधिकारीको साथमा राजबल्लभ कोईराला र रेजिना उप्रेतीले बिशेष अतिथीको भुमिका निर्वाह गरेका छन् । चलचित्रलाई शिब रेग्मीले निर्देसन गरेका हुन् निर्देशक रेग्मीका आनुसार चलचित्र ‘पराई’ ले मान्छे भित्रको मान्छेलाई बुझ्ने बताए । नारी संवेदना र नारी मनोविज्ञानमा आधारित चलचित्र ‘पराई’ मा संवाद भन्दा बढि भावको प्रयोग भएको ले बिषय र प्रस्तुतिकरणले दर्शकको मन छुने निर्देशक को भनाई रहेको छ
निर्देशक शिव रेग्मी नेपाली चलचित्रका सफल निर्देशकका रूपमा चिनिन्छन् । उनले निर्देशन गरेका आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुख दु:ख, मुग्लान, हामी तीन भाइ, कहाँ भेटिएलालगायत थुप्रै चलचित्रले नेपाली चलचित्रले व्यावसायिक रेकर्ड कायम गरेका छन् । विशेषगरी नारी संवेदनामाथि चलचित्र निर्माण गरी सफलता हासिल गरेका रेग्मीले आफन्तदेखि सो सिम्पलसम्म २० वटा चलचित्र निर्देशन गरिसकेका छन् शिब रेग्मी र शिबम अधिकारीको लेखन रहेको चलचित्र ‘पराई’ मा बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्वन्द, कविराज गहतराज र राजु शाहको नृत्य रहेको छ ।
gobina_garima_parai
308868_145981158828606_404528407_n
niraj1_1936569248
Nandita_Kc
 
 

%d bloggers like this: