Thu. Apr 25th, 2024

सेक्स गर्ने बेलामा पर्याप्त इच्छाशक्तिको अभाव हुने गरेको छ ? अथवा सेक्स गर्ने इच्छा मर्दै गएको त छैन ? यस्तो भएको छ भने औषधि उपचारको खोजीमा नलाग्नुस् । हाँसेर तपाईंले यस्तो समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ  ।
एक अनुसन्धानअनुसार सेक्सको समय हाँस्दा शरीरमा अक्सिटोसिन नामक हार्मोन उत्पन्न हुन्छ । यसले कामोत्तेजना बढाउँछ र फोरप्लेका लागि उक्साउँछ ।
त्यसैगरी अर्को एक अनुसन्धानले सेक्सको समय महिलाले आँशु झारे पुरुषको कामोत्तेजना घट्ने तथ्य पत्ता लगाएको छ । इजरायलको वेजम्यान विश्वविद्यालयका न्युरोसाइन्टिस्ट नोअम सोबेलले गरेको अध्ययनले महिलाको आँशुमा हुने रसायनले पुरुषमा टेस्टोस्टेरोन हार्मोनको मात्रा घटाउँछ । पुरुषलाई यही हार्मोनले कामोत्तेजना दिलाउने गर्छ ।
अनुसन्धानका क्रममा महिलाको आँशुमा हुने रसायन पुरुषहरूलाई सुँघाइएको थियो । त्यसपछि उनीहरूलाई आफ्ना पार्टनर कत्तिका कामकु छन् भनी सोधिएको थियो । यसरी सोध्दा अधिकांश पुरुषले आफ्ना पार्टनर रसायन सुँघ्नुअघिको जस्तो कामुक नरहेको बताएका थिए ।

%d bloggers like this: