Thu. Apr 25th, 2024

न्युजिल्यान्डका प्रधानमन्त्री जोन कीकी छोरीले नांगो फोटो खिचाएकी छिन्। कला समीक्षकहरूले उनले खिचाएको फोटोको तारिफ गरेका छन् भने उनका पिता र आफन्त यसबाट रुष्ट भएका छन्।
पेरिसको ख्यातिप्राप्त आर्ट कलेजमा अध्ययनरत २० वर्षीया स्टेफानी कीले विभिन्न सन्देश दिनेगरी नांगो फोटो खिचाएकी हुन्। आगामी महिना पेरिसमा हुने …पेरिस डिजाइन सप्ताह’मा प्रदर्शन गर्ने हेतुले उनले फोटो खिचाएकी हुन्। Prime Minister of NZ's 20 year old daughter, Stephie Key
एउटा फोटोमा उनी ब्रा नलगाई देखिएकी छिन् र रातो चेरी चुसेर रातो रंगको पेस्तोलले आफूले ताकेकी छिन्। अर्को फोटोमा उनले म्याकडोनाल्डका बर्गरले नांगो छाती छोपेकी छिन्। अर्के तस्बिरमा उनले आफ्नो कटिमुन्तिरको भागलाई अक्टोपसको डमीले छोपेकी छिन्।
न्युजिल्यान्डका फेसन फोटोग्राफर क्रिस सिसारिचले स्टेफानीसँग कलाको अद्भुत …सेन्स’ रहेको बताए। तर, पारिवारिक पृष्ठभूमिका कारण कलाप्रति समर्पित उनको कामले न्युजिल्यान्डमा विवाद निम्त्याउने आशंका पनि उनले व्यक्त गरे। …कलाकारका रूपमा उनको मूल्यांकनलाई उनको पिताको प्रधानमन्त्रीत्वले छायामा पार्नसक्छ। व्यक्तिगत रूपमा भन्नुपर्दा उनको क्षमताबाट म प्रभावित छु,’ क्रिसले भने। pm 4

%d bloggers like this: