Thu. Mar 28th, 2024

हलिउड अभिनेत्री जेनिफर एनिस्टनले जस्टिन थेराउसँग लगनगाँठो कस्ने पक्का भएको छ । ‘ब्याचलर पार्टी’ दिने तरखरमा छिन् अहिले उनी ।
हलिउडमा अहिले उनी र जस्टिन कुनै अज्ञात ठाउँमा नांगै डुले भन्ने चर्चा छ । तर, जेनिफर यसलाई ठाडै अस्वीकार गर्छिन् । एक पत्रिकाले उनीसँग यस्तो प्रश्न गर्दा झर्किंदै उनले भनिन्, ‘काँ नांगियौँ र हामी ? कसले भन्यो तपाईंलाई यस्तो नचाहिँदो कुरो ?’
‘तपार्इंहरू कहिल्यै नांगिनुहुँदैन त ?’ भनी प्रश्न सोधिएपछि अलिक शान्त हुँदै उनले भनिन्, ‘उपयुक्त समयमा ननांगिने कुरै आउँदैन । तर, हामी नांगै डुल्यौ भन्ने कुरा चाहिँ पूरै वाहियात हो ।’

%d bloggers like this: