Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
तिहारको छेको पारेर कार्तिक १२ गते देखि प्रदर्शन सुरु गरेको चलचित्र परदेशीको “उमंग” ले सन्तोष जनक व्यापार गरेको छ | चलचित्रले निकै राम्रो किसिमको दर्शक हल सम्म लिएर आउन सफल भएको छ | परदेशीको कथा बोकेको चलचित्रले दर्शकहरुबाट आशुको वर्षा समेत गरेको छ | चलचित्र हेरिसकेपछि दर्शकहरुले चलचित्र निकै नै राम्रो बनेको प्रतिक्रिया दिएका छन् | चलचित्र काठ बस्तु अधिक मन छुने रहेको र चलचित्रको प्रस्तुतिको साथमा कलाकारहरुको अभिनय पनि अधिक राम्रो रहेको कुरा दर्शकहरुले बताएका छन् | चलचित्र प्रतिको यस्तो सकारात्मक प्रतिक्रिया पाउदा निर्माण पक्षे पनि दङ्ग रहेको छ |
umanga
नेपाली समाजको वास्तविक कथा बस्तुलाई थाती राखेर निर्माण गरिएको चलचित्रमा थुप्रै कारण बस बिदेशीयका हाम्रा नेपाली दाजुभाईका दुख पिडाको निकै राम्रो चित्रण गरिएको छ | निर्देशक शिव शर्माको निर्देशनमा तयार भएको चलचित्रमा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ | त्यसै गरि चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा संगीतको साथमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन समावेश रहेको छ | चलचित्रका निर्माता कुमार बिसी रहेका छन् |
umang
चलचित्रको ८० प्रतिशत छायांकन दुवई र २० प्रतिशत नेपालको गुल्मी बागलुङ र काठमाडौंमा गरिएको छ | चलचित्रमा समावेश कुराहरुले दर्शकहरुको मन छोएको छ | यो हिसाबले नेपालमा रहेको यो बैदेशिक रोजगारको समस्या र यसबाट हाम्रो नेपालीहरुले भोग्नु परेको दुख पिडा केहि हद सम्म भए पनि कम हुने सम्भावना देखिन्छ | आफुले पैसा कमाउन भन्दा पनि नेपालीहरुलाई जनचेतना प्रदान गर्न र सम्बन्धित निकायको ध्यान आकर्षण गर्न यो चलचित्रको निर्माण गरेको निर्माता कुमार बिसीले बताएका छन् | दर्शकहरुबाट पाएको प्रतिक्रियाबाट आफु निकै खुशी भएको र दर्शकहरुको यो माया र सम्मानले आफुलाई अब अर्को चलचित्र बनाउन अधिक हौसला मिलेको उनले उल्लेख गरेका छन् | त्यसै गरि आफुले गरेको कामलाई दर्शकहरुले सहि मुल्यांकन गर्दिनु भएकोमा सबै नेपाली दर्शकहरुलाई निर्देशक शिव शर्माले धन्यवाद ज्ञापन गरेका छन् | आगामी दिनहरुमा पनि यस्तै राम्रो राम्रो चलचित्र दर्शकहरु माझमा प्रस्तुत गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
umang
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: