Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
sumi-chamling-rai
धेरै बर्ष अगाडी “दिक्तेल बजार” बोलको गीत बाट नेपाली सांगीतिक क्षेत्रमा पाइला राखेकी गाईका सुमी चाम्लिङ्ग राई को नया गीत “बोले पनि” अहिले बजारमा सर्भादिक लोकप्रिय बन्दै गैरहेको छ | “जब सम्म” को अपार सफलता पछि उनले अहिले यो गीत लिएर आएकी हुन् | पोप विधाको यस गीतलाई अहिले दर्शकहरुले निकै नै मनपराई रहनुभएको छ | युटुबमा यस गीतको निकै चर्चा रहेको छ | गीतमा शब्द संगीत काली प्रसाद बास्कोटाको रहेको छ भने सुमी चाम्लिङ्ग राईले यसमा आफ्नो सुमधुर स्वर भरेकी छिन् | उनले यस गीतको भिडियोमा आफै अभिनय समेत गरेकी छिन् | उनले भनिन ” म आज सफल हुनुको पछाडी मेरा सम्पूर्ण दर्शकहरुको हात छ ” | उनले आफु कहिले पनि पछाडी नहट्ने सधै दर्शकहरु माझ राम्रो कुरा प्रस्तुत गर्ने प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् |
हेर्नुस गीत:

%d bloggers like this: