सातौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला

मनोरंजनसंसार डटकम | २७ बैशाख २०७५, बिहीबार १३:०५

काठमाडौं । म्यूजिक खबर डटकमको आयोजनामा विगत ६ वर्षअघिदेखि राजधानीमा सम्पन्न हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको सातौं संस्करणको गीत संगीत सहभागिताको लागि दर्ता आवेदन खुला गरिएको छ ।

आगामी असोज १३ गते विराटनगरमा सम्पन्न हुन लागेको यस अवार्डमा राष्ट्रिय भाव, पप, चलचित्र, लोकदोहोरी, गजल, आधुनिक गरी ३४ विधामा अवार्ड प्रदान गरिनेछ । बैशाख १ गतेबाट नै आवेदन खुला गरिएको यस अवार्डमा गीतसंगीत सहभागिताका लागि स्रष्टा, सर्जकहरुलाई म्यूजिक खबर हार्दिक अनुरोध गरिन्छ । गीतसंगीत दर्ताका लागि म्यूजिक खबरको कार्यालय पुतलीसडकमा ०१–४०१०५४५ मा खबर गर्न सक्नुहुनेछ ।

Facebook Comments
Copyright © 2017 manoranjansansar Media Group Pvt. Ltd. Powered by: thakuricreation