Thu. Mar 28th, 2024

चलचित्र समिक्षक भनेको चलचित्र मेकिङमा निर्देशक र लेखक भन्दा पनि अब्बल हुनु जरुरी छ । स्याउ फलाउने मान्छे¸ स्याउ किन्ने मान्छे र स्याउ खेतिबारे विशेषज्ञता हासिल गरेको मान्छे मा फरक छ । स्याउ किन्ने मान्छेले स्याउ मिठो र नमिठो मात्र छुटाउन सक्छ तर स्याउ कुन हावापानीमा फल्छ¸कस्तो तापक्रम चाहिन्छ¸ कसरी बेर्ना विकास गर्न सकिन्छ अनि कसरी उन्नत जातको स्याउ फलाउन सकिन्छ भनेर चै स्याउ सम्बन्धि विशेषज्ञता हासिल गर्नै पर्ने हुन्छ । अरुको फिल्मको समिक्षा गर्न पनि फिल्म सम्बन्धि विशेषज्ञता हासिल गरेको नै हुनपर्दछ तर हामिकहां पत्रकारीता जानेका मान्छेहरुमात्र समिक्षकमा गनिन्छन । फिल्म पत्रकार र फिल्म समिक्षकमा फरक छ । उनिहरुको अध्ययन नै फरक हुने गर्दछ । अरुको चलचित्रमा यो भएन त्यो भएन¸यस्तो हुन पर्नेथियो¸त्यस्तो हुनपर्नेथियो भनेर समिक्षा लेख्ने केहि समिक्षकहरु द्धारा लिखित चलचित्रले हावा खाएको उदाहरण पनि छ ।
हिजो बल्ल प्रेमगीत-२ हेर्ने अवसर मिल्यो । पहिला मैले केहि समिक्षाहरु हेरेको थिए फिल्मको बारेमा । धेरै मिडियाहरुमा नायिकाको अभिनयको टिप्पणि गरेको पनि पढेको र सुनेको थिए¸ हो प्रस्तुतिकरणमा केहि कमजोरी पक्कै छ¸ पात्र चयनमा पनि केहि समस्या छ¸ चाहिने मात्रामा कलाकारहरु बाट अभिनय लिन केहि चुकेका छन निर्देशक तर जुन जुन समिक्षक¸आलोचक र पत्रकारहरुले नायिकाको अभिनय फिक्का छ¸ अभिनय गर्न जानिनन् भनेर टिप्पणि गरे नि म ति सबैलाई सोध्न चाहन्छुः लौन हजुर¸अभिनय भन्या कस्तो हुन्छ मलाई देखाईदिन पर्यो । प्रेमगीत २ हेरेपछि मलाई नै नयां भएर पनि अश्लेषा ठकुरीको अभिनय राम्रो लागेको छ¸बर्मेली लबजमा बोल्ने उन्को शैली अनि अभिनय राम्रो हैन धेरै राम्रो छ । केहि दृश्यहरुमा हामिले सोचे जस्तो एक्सप्रेसन अलि फिक्का लाग्छ उन्को¸ यहा यसरी गरेको भए हुनि भन्ने पनि लाग्छ तर यो उन्को कमजोरी हैन¸निर्देशकको कमजोरी हो । कलाकारले त एक्सन कटमा अभिनय गर्ने हो¸ त्यसमाथी नया कलाकारले त झन पुरा निर्देशक कै अण्डरमा काम गर्नु पर्ने हुन्छ । त्यति हुदा पनि अव नायिका अश्लेषाको अभिनय राम्रो नै छ । म ति समीक्षकहरुलाई पुनः सोध्छुः छातिमा हात राखेर भन्नुस त¸ यो फिल्ममा नायिकाले अभिनय गर्न नजानेकै हो त र? प्रोत्साहित गर्नु पर्नेमा हतोत्साहित गर्नुको पनि एउटा सिमा हुन्छ ।।।
अभिनय गर्ने आ-आफ्नो शैली हुन्छ,¸ सबैले एउटै शैलीको अभिनय गर्छन र ?
– मनोरञ्जन मल्ल ठकुरी
 

Leave a Reply

%d bloggers like this: