‘पहाड–तराई जोड्ने मिठाईलाल म’

मनोरंजनसंसार डटकम | Monday, May 30th, 2016

मनोरंजनसंसार डटकम
sandip-chhetri
सन्दीप क्षत्री टेलिभिजनकर्मी हुन् । उनको कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘ह्वाट द फ्लप’ कार्यक्रम चर्चित छ । पछिल्लो समय उनी फिल्ममा पनि अभिनय गरिरहेका छन् । १२ वर्षयता उनी शिक्षण पेशामा पनि सक्रिय छन् । उनीसँग आशिष रानाले गरेको अन्तरंग कुराकानीः

तपाईं रेडियोमा आफूलाई फ्लप आरजे भन्नुहुन्थ्यो । टीभी करिअरको सुरुवात ‘द फ्लप शो’ भनेर गर्नुभयो । अहिले ‘ह्वाट द फ्लप’ कार्यक्रम गरिरहनुभएको छ । फ्लपप्रति यतिसारो प्रेम किन ?

मान्छेले छुट्टै, फरक, एउटा मात्रै, रुचाइएको, हिट, चर्चितजस्ता विशेषण आफू र आफ्नो शोलाई दिइरहेका हुन्थे । मैले रेडियोमा बोल्न सुरु गर्दा भन्न सुरु गरेँ– म रेडियो क्षेत्रकै फ्लप आरजे सन्दीप क्षत्री । मान्छेले यो आफैँलाई फ्लप भन्ने को रहेछ भनेर सुन्थँे । म नचिनिएको मान्छे हुँ । नचिनिएको मान्छे फ्लप नै हो । त्यसपछि समाजलाई, देशलाई फ्लप बनाउनेहरू (राजनीतिज्ञ, कलाकारलगायत विभिन्न क्षेत्रका) माथि व्यंग्य गर्ने कार्यक्रमको नाम के राखौँ भन्दा फ्लप शो ठीक हुन्छ जस्तो लाग्यो ।

आफूलाई फ्लप भनिरहँदा फ्लप नै हुने डर लागेन ?

मैले आफूलाई चिनेको थिएँ । आफूसँगको चिनजानको आधारमा त्यसले असर गर्ला जस्तो लागेन । सबैले हिट शो भनिरहँदा मैले फ्लप भनेपछि मान्छेको ध्यान तानिन्छ जस्तो लागेको हो । एकचोटि म पोखरामा गएको थिएँ । त्यस क्रममा एकजना विदेशीले मलाई सोधेका थिए, ‘टीभीमा तिमी के गर्छाै ?’ मैले मसँग ‘फ्लप शो’ छ भनेँ । उनले भने, ‘ह्वाट !’ नोटिस त गरे ।

तपाईं रेडियो, टीभी हुँदै अहिले कलाकारिता क्षेत्रमा पुग्नुभएको छ । रेडियो वा टीभीलाई कलाकार बन्ने बाटो बनाउनुभएको हो वा त्यसमै करिअर बनाउने सोच थियो ?

यी माध्यममा म सञ्चारकर्मी भएँ तर पत्रकार होइन । पत्रकार भनेको धेरै–धेरै गह्रुंगो शब्द हो । त्यसैले म सञ्चारकर्मी हुँ, रेडियो, टीभी वा फिल्म सञ्चार माध्यम हुन् । मभित्रको कला यतैतिर प्रष्फुटित गरिरहेको छु । म कलाकार हुनकै लागि वीरगञ्जबाट काठमाडौँ आएको हुँ । कलाकार हुनका लागि जीवनमा मैले हरेक हथकण्डा अपनाएको छु । सुपर एक्टिङ कम्पिटिसन भन्ने भएको थियो । त्यसमा म राजबल्लभ कोइराला, गजित विष्टलगायत अन्तिम प्रतियोगी थियौँ । त्यो बीचमै रोकियो । सपना चकनाचुर भयो । मैले हरेक टेलिभिजनमा अडिसन दिएको छु । सबै टेलिभिजनको ढोका ढकढकाएँ । ढकढकाएर छाडेको होइन, ढकढकाइरहेँ । नेपाल वान टीभीमा त कार्यक्रम खिचेर दिल्लीबाट प्रसारण हुने पक्का भयो । कार्यक्रम प्रसारण हुने दिन साथी र म एउटा रेस्टुरेन्ट बसेर आज कार्यक्रम हेर्नुपर्छ भनेर बस्यौँ । मेरो कार्यक्रम आउने भनिएको समयमा अर्कै कार्यक्रम आयो । म झसंग भएँ । तर, कलाकार बन्ने सपना कहिल्यै त्यागिनँ । कलाकार बन्ने क्रममै पढेँ । कलाकार बन्ने क्रममै पढाउन थालेँ । कलाकार बन्ने क्रममै कति कर्पाेरेट हाउसमा मार्केटिङ म्यानेजर, एक्जिक्युटिभका रूपमा काम गरेँ । अहिलेसम्म जे गरेँ, कलाकार बन्नका लागि गरेँ । मार्केटिङमा पेपरको स्पेसदेखि वेभको स्पेससम्म बेचेको छु । कन्सल्ट्यान्सीमा काम गरेँ । मैले यी काम गरिरहँदा रेडियोमा पनि काम गर्थें । कर्पाेरेट हाउस परिवर्तन हुन्थ्यो, पढाउने ठाउँ परिवर्तन हुन्थ्यो तर रेडियो परिवर्तन गरिनँ । किनकि, मभित्रको कलाकारले ‘तँ जे गर तर कलाकारै बन्नुपर्छ’ भन्थ्यो ।

अहिले चाहिँ कलाकारिताबाहेक के–के गर्नुहुन्छ ?

गोल्डेनगेट कलेजमा प्लस टू र ब्याचलर लेभललाई म्यानेजमेन्ट पढाउँछु । २०६१ सालदेखि पढाउन थालेको हुँ ।

कला क्षेत्रमा व्यस्त हुनुहुन्छ । कसरी मिल्छ समय ?

आज मात्रै वार्षिक समीक्षा भएको थियो कलेजमा । शिक्षकमाथि प्रत्येक वर्ष हुने समीक्षा थियो । यो वर्ष म ३१ दिन कलेज आउन भ्याएको रै’नछु । आज मात्रै गुरुले मलाई ‘तिमीले अनेक काम गर्नुपर्छ, देशविदेश जानुपर्छ, सुटिङ गर्नुपर्छ तर अहिले समय ‘सीसी’ अर्थात् कम्युनिकेसन एन्ड कोअर्डिनेसनको हो । त्यो चाहिँ गर’ भन्नुभयो । यो वर्षको मेरो सिद्धान्त वेल कम्युनिकेसन र कोअर्डिनेसनको हुनेछ । त्यसो भयो भने म नआएको दिन अर्काेले रिप्लेस गर्छ । समस्या पर्दैन ।

कलाकारितामा तपाईं कमेडी नै गर्ने भनेर आउनुभएको हो ?

फोटोग्राफी, स्पोट्र्स, पत्रकारिता वा कलाकारिताका अन्य विधा सिक्न सकिन्छ । तर, यो कमेडी सिक्छु भन्ने हुन्छ जस्तो लाग्दैन । यसको स्कुल हुँदैन । कमेडी आफैँभित्र अलिअलि हुनुपर्छ । त्यसमा बिस्तारै थप्दै जाने हो । बिस्तारै बढाउँदै जाने हो । सुरुमा मलाई कलाकार हुन मन त थियो । तर, सिरियस हुनुपर्छ जस्तो लाग्थ्यो । विश्वसनीय हुनुपर्छ जस्तो लाग्ने । गहकिलो काम गर्नुपर्छ जस्तो लाग्थ्यो । गहकिलो काम सिरियस काम मात्रै हो जस्तो लाग्ने । त्यसपछि मैले विश्वका सबै टेलिभिजन हेर्न थालेँ । डेभिड लेटरम्यानको ‘लेटनाइट शो’ हेर्न थालेँ । अरूअरूको कार्यक्रम पनि हेरेँ । त्यसपछि लाग्यो ह्युमर पनि विश्वसनीय हुँदो रहेछ । राष्ट्रपति आएर उसको कार्यक्रममा हाँसी–हाँसी अन्र्तवार्ता दिन्छन् । विश्वसनीय कुरा बोल्छन् पनि । मेरो परिवारमै ह्युमर छ । सबैलाई रमाइलो गर्नुपर्छ । परिवारमा सँगै जोक गर्ने, हाँस्नै र नाच्ने वातावरण छ । त्यसपछि लाग्यो मभित्र भएको यो चिजलाई चाहिँ मैले प्लेटफर्म दिनुपर्छ ।

रमाइलो वातावरणमा हुर्केको मान्छे । सुरुमै कमेडी गर्न किन मन लागेन ?

मभित्र द्वन्द्व थियो, एउटा सिरियस मान्छेको अर्काे कमेडी मान्छेसँग । पछि मात्रै चाल पाएँ, कमेडी सिरियस मान्छेमाथि हाबी छ । त्यसपछि लाग्यो, अब कमेडी नै गर्नुपर्छ । मलाई पहिला डर लाग्थ्यो, फाल्तु भन्लान्, जोकर भन्लान्, हावा भन्लान् । जब मैले कमेडी विश्वसनीय हुन सक्छ भन्ने महसुस गरेँ । त्यही दिनदेखि ह्युमरतिर लागेँ ।

त्यसपछि तपाईंले सोचेजस्तै प्रतिक्रिया पाउनुभयो ?

जब मैले यो काम थालेँ । मान्छेहरूले मैले चाहेजस्तै सिरियस रूपमा लिए । म एउटा रेपुटेड कलेजमा पढाउँछु त्यहाँ विद्यार्थीले सरको हावादारी प्रोग्राम भनेनन् । म कार्यक्रमका लागि अमेरिकासम्म पुग्दा पनि मान्छेको मप्रतिको सोच सिरियस नै पाएँ । मेरा धेरैजना अनन्य मित्र बने । एकचोटि एकजना साथीले मलाई मायाले अरूसँग चिनायो– ‘यो मेरो साथी । जोकर भनेर’ । मलाई बिझ्यो । जोकर त रातो नाक भएको, मुख च्यातिएको हुन्छ भन्ने लाग्यो । ह्युमर र ह्युमिलेसनमा रौँ जत्तिको फरक छ । हामीले ह्युमर गर्छाैं, ह्युमिलेसन होइन । एकजना दाइ भन्नुहुन्थ्यो– सीमा धकेल, पार नगर । हो हामी ह्युमरको माध्यमबाट त्यही गरिरहेका छौँ ।

तपाईंको शोमा तपाईंले मिठाईलाल ज्यादवको भूमिका गर्नुहुन्छ । किन यही पात्र तपाईंलाई उपयुक्त लाग्यो ?

म तराई वीरगञ्जको मान्छे हो । मैले मिमिक्री गरेको होइन । म त्यहीँ ठाउँमा जन्मेहुर्केको मान्छे हुँ । मलाई त्यहाँका मान्छेको बोलीचाली, रहनसहन थाहा छ । त्यसले मद्दत ग¥यो । तराई र पहाडको सामीप्य नमिलिरहेको अवस्था थियो । मलाई त्यस्तो चरित्र चाहिएको थियो, जसले पहाड र तराई जोडोस् । चरित्र इनोसेन्ट होस् । ह्युमर भनेको इनोसेन्समै लुकेको हुन्छ । मैले मिठाईलाल ज्यादव छानेँ, ऊ हरेक कुराको जानकारी राख्छ तर ऊसँग अनेक प्रश्न छन् । तराई र पहाड जोड्ने मिठाईलाल हुँ म ।

कतै देखेभेटेको त होइन ?

होइन । मीठो कुरा गर्ने मिठाईलाल । मिठाईलाल भन्ने नाम चाहिँ सुनेको हो । हाम्रै टोलमा यो नामका मान्छे थिए । मिठाइकै खानदान बनाउन आमा रसमलाइदेवी, बुबा लड्डुप्रसाद बनाइयो ।

तपाईं मिठाईलाल ज्यादवलाई यादव भन्दा पहिचानको कुरा छ भनेर रिसाउनुहुन्छ । यसमा कुनै गम्भीर कारण छ ?

अहिले भइरहेको द्वन्द्व पहिचानका लागि हो । म तराईमा राजतन्त्रदेखि गणतन्त्रसम्म बसेको मान्छे । मलाई थाहा छ, कतिसम्म मान्छेहरू पीडित छन् । मैले व्यक्तिगत रूपमा महसुस गरेको छु, उनीहरूमाथि दमन भएकै छ । विभेद भएकै छ । पछि यसलाई राजनीतिक स्वरूप वा केही दिइयो होला यसमा म जानै चाहन्नँ । म मेरो तराईको कुरा गर्छु, अझ वीरगञ्ज वडा नं २ मा बस्ने म भोजपुरी बोल्ने मान्छेले भन्ने हो भने तराईमा अहिलेसम्म भइरहेको लडाइँ पहिचानकै हो । म क्षत्री र ऊ यादव भएका कुरामा विभेद हुनु हुँदैन । मुसलमान समुदाय र हामी सँगै बकर इद मान्थ्यौँ । सँगै होली खेल्थ्यौँ । सँगै दसैँ मनाउँथ्यौँ । मासु हामी उहाँहरूलाई छुट्टै ल्याइदिन्थ्यौँ तर अरू कुनै फरक थिएन । त्यसैले जो जे हो, त्यही भएर बाँच्न पाउनुपर्छ । किनभने, यहाँ पहिचानको कुरा छ ।

तपाईं क्षत्री । मिठाईलाल ज्यादव बन्दा तराईका समुदायको प्रतिक्रिया के छ ?

एकदमै राम्रो प्रतिक्रिया पाएँ । भर्खरै पनि लहानमा कार्यक्रम गर्दा सीडीओसाबले त्यो पात्र नगर्ने भन्नुभएको रहेछ, कहीँ जातीय कुरा आउँछ कि भनेर । मैले गरेँ । हरेकले डायलग याद गरेका रहेछन् । सँगै बोले । उनीहरूले त्यो पात्रलाई आफ्नो प्रतिनिधित्व ठानेको प्रतिक्रिया दिए । मान्छेको रूप र पहिरनका कारणले फरक देखियो तर मिठाईलाल ज्यादव सबैभन्दा टाठो त छ नि त । ‘पहिचानको कुरा हो’ वा ‘पर्सा जिल्ला घर छ त के को डर छ’ भनिहिरहँदा उहाँहरूलाई खुशी लाग्ने रहेछ ।

व्यंग्यको विषय कसरी छान्नुहुन्छ ?

म दिनको सुरुवात समाचारबाट गर्छु । समाचार पढ्ने, सुन्ने र हेर्ने गर्छु । त्यो समाचारसँग कसरी ह्युमर राख्ने भनेर सोच्छु । आम जनमानस त्यो कुराबाट प्रभावित छ कि छैन, त्यो थाहा पाएको छ कि छैन भन्ने कुरामा बढी ध्यान दिन्छु ।

Facebook Comments