Sat. Apr 20th, 2024

केही साताअघि अभिनेत्री आना शर्माले कक्षा १२ को परीक्षा दिएपछि चलचित्रमा आउन सक्ने सम्भावना व्यक्त गरेकी थिइन् ।
anna-sharma
साप्ताहिकमा उक्त सामग्री प्रकाशित भएपछि कतिपय चलचित्रकर्मीले आनाको कुरामा अविश्वास जनाएका थिए । अहिले कक्षा १२ को परिक्षा सम्पन्न भएको छ । यसै साता चलचित्र ‘ग्याङ्स्टर ब्लुज’ ले पत्रकार सम्मेलन आयोजित गर्दै आना शर्मालाई मुख्य नायिका घोषणा गरेको छ । दुई वर्षअघि चलचित्र ‘जेरी’ बाट उदाएकी आनाले हेमराज बिसीले निर्देशन गर्ने यो चलचित्रबाट पुनारागमन गर्ने निर्णय गरेकी हुन् । यो चलचित्रमा आनालाई आशिरमान देशराज श्रेष्ठले जोडीका रूपमा साथ दिनेछन् ।
anna-sharma
यो चलचित्र छायांकन प्रारम्भ हुने मिति तय भएको छैन तर यो चलचित्रको छायांकन सम्पन्न नहुन्जेल आनार आशिर अन्य कुनै चलचित्रमा अनुबन्ध नहुने निश्चित गरिएको बताइन्छ ।

%d bloggers like this: