Fri. Apr 19th, 2024

deepak raj giriनेपाली पत्रकारितामा पनि बेला बेलामा अचम्म अचम्मका समाचारहरु बन्ने गर्छन,जसले गर्दा कसैको मान हानी देखी कसैको व्यक्तिवमा समेत निकै ठूलो प्रभाव पार्छ भने कोहिलाई राम्रै चर्चामा आउन पनि मद्त पुग्छ । तर विना सत्यता समाचारहरु प्रकाशन गर्दा भनेचै केहि नराम्रो प्रभाव भने पक्कै परेको हुन्छ । त्यस्तैं भयो हिजो मंगलबार विहान,एक अनलाइन पत्रिकाले हाँस्य कलाकार दिपकराज गिरी बाइक दुर्घटनामा मृत्यु भयो भन्ने खबरले साच्चैनै एउटा तरंगनै खडा गरिदियो । एउटा अनलाइनबाट छरिएको उक्त समाचारहरु एकपछि अर्को गर्दै विभिन्न अनलाइनहरुमा छापिए तर उक्त कुरा सत्यता थिएन यो हाँस्य कलाकार दिपकराज गिरी आफैं बताउँछन् । दिपकराज गिरीले आज आफ्नो फेसबुकमा स्टाटर्स लेख्दैं प्रश्न गरेका छन् ‘म मरे रे हो ?’ दीपकराज गिरी नामका एक व्यक्तिको मृत्यू भएको खबरको शीर्षकलाई सनसनीपूर्ण बनाउन केही अनलाईले ‘दीपकराज गिरीको मृत्यु’ शीर्षक राखेर समाचार प्रकाशित गरेका थिए । जुन समाचारलाई पूरा पढ्न नभ्याएकाहरु हास्यकलाकार दीपकराज गिरीको नै मृत्यु भएछ भन्ने भ्रममा परे । कतिले त उनलाई फोन नै गरेर तपाईं नै हो त बोल्ने सम्म भन्न भ्याए । दीपकले फेसबुकमा लेखेका छन्, ‘समर्थकहरुलाई म जिउँदै रहेको जानकारी गराउँदछु । साथै समाचारमा आएको कुरा अर्धसत्य हो । यसरी एक व्यक्तिको मृत्यु भएको नाममा हाँस्य कलाकार दिपराज गिरी मुझिएपछि मंगलबार भने नेपाली समाचारहरुमा राम्रै तरंग खडा गरिदिएको थियो ।

%d bloggers like this: