
धुर्मुस–सुन्तलीलाई राजवल्लभको एक लाख एक हजार
हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’द्वारा हाल सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माणाधिन नमुना एकिकृत बस्तीका लागि फिल्म अभिनेता राजवल्लभ कोइरालाले रु. एक लाख एक हजार सहयोग गर्ने भएका छन्। हाल अमेरिकामा रहेका अभिनेता कोइरालाले फेसबुकमार्फत् आफ्ना हजुरबा टीकावल्लभ कोइरालाको नाममा सहयोग गर्ने जनाएका हुन्। धुर्मुससुन्तलीलाई फिल्मसम्बद्ध कलाकर्मीको सहयोग बिस्तारै बढ्दै गएको छ। केही दिनअघि मात्र…