३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

काठमाडाैँ। दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा…

Read More

विश्वकपमा क्रोएसिया तेस्रो

काठमाडाैँ। फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर…

Read More

विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडाैँ। विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक…

Read More

विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडाैँ। अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ…

Read More

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा

काठमाडाैँ। फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको दोहास्थित अल थुमा रङ्गशालामा आज भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो । मोरक्को सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेका छन् । मोरक्कोका लागि खेलको ४२औँ…

Read More

क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा, ब्राजिल बाहिरियो

काठमाडाैँ। क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४-२ गोलन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । ट्राइबेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका लागि भने क्यासिमेरो र पेड्रोले…

Read More

अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडाैँ। अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता दोब्बर बनाए । तर नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औं र…

Read More

पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे,…

Read More

स्पेनलाई हराउदै मोरक्को क्वार्टरफाइनलमा

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको दोहास्थित एजुकेशन सिटी रङ्गशालामा आज भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि…

Read More

जापानलाई पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमाडाैँ। क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । आज कतारको अल जनौब रङ्गशालामा भएको प्रि-क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो । खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित…

Read More
Back To Top