विजयी भएर आउनुहोस् सरकारले सुशोभित गर्नेछ : गृहमन्त्री खाँण

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रियरुपमा तक्मा दिएर सुशोभित गर्ने बताएका छन् । राजधानीमा आज साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्री खाँणले नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई तक्मा दिन चाहेको कुरा आफैँले फोन गरेर भनेको सुनाए । सम्मान…

Read More

विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पाँच विकेटले पराजित

काठमाडाैँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो । एक सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१ दशमलव एक ओभरमा पाँच…

Read More

नेपाल र भारतको खेल हेर्न दर्शकलाई मैदानमा प्रवेश गर्न दिइने

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएको जानकारी दिए । दर्शक मैदानमा प्रवेशका लागि एन्फाले बुधबार अनुमतिपत्र…

Read More

साफ च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुनेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले लिग चरणअन्तर्गत दोस्रो खेल असोज १७…

Read More

दोस्रो चरणमा २८ खेलाडी छानिए

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि दोस्रो चरणमा २८ खेलाडीलाई छनोट गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज १० खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर राख्नुभएको हो । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनशिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली हाल कास्कीको पोखरामा रहेको छ । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीहरूमा…

Read More

बार्सिलोनाबाट विदाइबारे पत्रकार सम्मेलन गर्दै लियोनल मेसी

एजेन्सी । बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिनेछन् । क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेसीले सम्मेलनमा बोल्ने अपेक्षा गरिएको छ । बार्सिलोना क्लबले एक विज्ञप्ति…

Read More

मेसीले बार्सिलोना छोड्ने निश्चित, टुंगियो १८ वर्षको सहकार्य

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले फुटबल क्लब बार्सिलोना छोड्ने भएका छन् । क्बलले एक विज्ञप्ती जारी गर्दै मेसीले यसै सिजन क्लब छाड्ने जानकारी दिएको हो । पछिल्ला केही दिनयता मेसी र बार्सिलोनाबीच सम्झाैता गर्ने प्रयास भएका थिए । तर, ला लिगाको नियम अनुसार मेसीसँगको सम्झाैताको सम्भावना अन्त्य भएको बार्सिलोनाले जनाएको छ । मेसी गत…

Read More

पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार बिहानै सामाजिक सञ्जालमा एक विज्ञप्ती जारी गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका…

Read More

ओलम्पिकमा गाैरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

काठमाडाैँ । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक मिनेट ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिकाले…

Read More

टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो । जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन्…

Read More