सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक

 काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । सिनेमा मंसिर १२ गते रिलिज हुँदैछ ।

सार्वजनिक दुबै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ललाई सिनेमाको नामझै हर्षित भावमा अर्थात मिठो मुस्कानमा देख्न सकिन्छ भने सन्तोष पन्तलाई केही असन्तुष्ट भावमा छड्के हेराइ हेरिरहेको देख्न सकिन्छ ।

यो पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देकिन्छ । छोराको भूमिका गर्ने बालकलाकार साइमन वादी हुन् । यसैगरी दोश्रो पोस्टरमा खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा झैं मीठो मुस्कानमा देख्न सकिन्छ भने नेपथ्यमा सम्भवतः सिनेमाको गीतको दृश्य हुनुपर्छ जहाँ सन्तोष पन्तको साथमा विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ तथा अंशु महर्जनलाई नाचिरहेको-रमाइरहेको देख्न सकिन्छ ।

यो पोस्टरमा बाल कलाकार साइमनलाई बाल कृष्णको पहिरनमा पेस गरिएको छ । यस्तै, अभिनेता नीर शाहलाई गम्भिर भावमा देख्न सकिन्छ । सार्वजनिक यी दुई पोस्टरले पारिवारिक जीवनका उकाली ओरालीको कथा पेस गर्ने स्पष्ट बुझ्न सकिन्छ । यस हिसाबले धेरै समयपछि दर्शकहरुको पारिवारिक ड्रामा हेर्न पाउनेछन् ।

डेब्यू निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा निर्देशक शिव रेग्मी- जो पारिवारिक सिनेमाका लागि परिचित छन् उनकै विरासत समातेको बुझ्न सकिन्छ । यसअघि टाइटल भिडियो पनि उनले आफ्ना मामालाई स्मरण गर्दै सार्वजनिक गरेकी थिइन ।

निर्देशक पौडेल न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन् । सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमा हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । पौडेलले आफु र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन्।

सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । सिनेमामा आलोक शुक्लाको छयांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन् । गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको

‘बलिदान’ अमेरिकाको एएमसी सिनेमा चेनका २०० भन्दा बढी हलमा प्रदर्शन हुने, एक हजार शो पाउने अपेक्षा

काठमाडौं – यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो बहुप्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउन लागेको छ। योसँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए।

यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन नभएको इतिहास तोड्दै ‘बलिदान’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको दाबी सेनले गरे। एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुनेछ।

‘बलिदान’का यसअघि सार्वजनिक गरिएका पोस्टर तथा टिजरले नै चलचित्रप्रति व्यापक उत्साह जगाएको छ। यस चलचित्रमा समीरका साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ। आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको ‘बलिदान’लाई नेपाली चलचित्रको साहसी कदमको रूपमा लिइएको छ।

नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेला सम्पन

काठमाडौं  नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत रुपमा संघको अध्यक्षमा चयन गरेको छ।
गौतम अध्यक्षमा सर्वसम्मत चयन भएपछि महासंघमा नयाँ नेतृत्व टिम गठन भएको छ। संघका संरक्षक धर्मनन्द श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सोमप्रसाद काप्री सहित सबै प्रदेश र क्षेत्रलाई प्रतिनिधित्व गर्नेगरी नयाँ कार्यसमिति बनेको छ।


अध्यक्ष गौतमले जिम्मेवारी सम्हालेपछि मुलुकको पानी उद्योगलाई अझै व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो – “पानी जीवनसँग जोडिएको सबैभन्दा संवेदनशील विषय हो। उपभोक्ताले पाउने पानी गुणस्तरीय, सफा र स्वास्थ्यकर बनाउन महासंघ निरन्तर सचेत रहनेछ। यो उद्योगलाई व्यवसायी मात्र होइन, जनताको सेवासँग जोडेर अघि बढाइन्छ।”

गौतमले व्यवसायीको हकहित सुरक्षित गर्दै उपभोक्ताको जीवनस्तर सुधारमा योगदान दिनेगरी नीति बनाउने आश्वासन पनि दिनुभयो। उहाँको भनाइमा, “संघ व्यवसायीलाई संरक्षण गर्ने मात्र होइन, उपभोक्तालाई हानी नपुग्ने खालको नीति निर्माणमा सक्रिय हुन्छ। व्यवसाय–मैत्री नीतिले उत्पादन गुणस्तर बढाउँछ, रोजगार सिर्जना गर्छ र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ।”


नयाँ नेतृत्वमा यसप्रकारको कार्यसमिति
संरक्षक : धर्मनन्द श्रेष्ठ (काठमाडौं)
अध्यक्ष : ध्रुवबहादुर गौतम (काठमाडौं)
वरिष्ठ उपाध्यक्ष : सोमप्रसाद काप्री (नवलपुर)
उपाध्यक्षहरू :
गाेकर्ण सिलवाल (काठमाडौं–उपत्यका)
मेघनाथ चौलागाई (काठमाडौं–कोशी प्रदेश)
दीपक शाह (रौतहट–मधेस प्रदेश)
केशव घिमिरे (चितवन–बागमती प्रदेश)
प्रेम क्षेत्री (कास्की–गण्डकी प्रदेश)
सुनिता घिमिरे (रुपन्देही–लुम्बिनी प्रदेश)
परशुराम सिलवाल (ललितपुर–कर्णाली प्रदेश)
कैलाश भट्ट (कैलाली–सुदूरपश्चिम प्रदेश)
लिला भण्डारी (काठमाडौं–महिला)
विजय श्रेष्ठ (काठमाडौं–वस्तुगत)
गणेशबहादुर भण्डारी (रसुवा–निर्यात)
महासचिव : कमल प्रसाद अधिकारी (काठमाडौं)
उपमहासचिव : कविन्द्र कोइराला (कास्की)
सचिवहरू : रुपचन्द्र थापा (काभ्रेपलाञ्चोक), मिना दाहाल (नवलपुर), नरेन्द्रप्रसाद न्यौपाने (काठमाडौं)
कोषाध्यक्ष : मोहनमान श्रेष्ठ (काठमाडौं)
सह–कोषाध्यक्ष : गोपि सिवाकोटी (काठमाडौं)
सदस्यहरू :
बिनय श्रेष्ठ (बाँके), श्रीकान्त कुसवाह (सर्लाही), लक्ष्मण पन्त (चितवन), सुरेन्द्र श्रेष्ठ (तनहुँ), विनोद श्रेष्ठ (महोत्तरी), शम्भु खनाल (चितवन), सुजन थापा (काठमाडौं), गणेश न्यौपाने (दाङ), दुर्गाप्रसाद पौडेल (सिन्धुपाल्चोक), चन्द्रा पौडेल क्षेत्री (पर्वत), हरि आचार्य (काठमाडौं), निलबहादुर घताने (गोरखा), धर्मराज तामाङ (काठमाडौं), विश्वनारायण श्रेष्ठ (काठमाडौं), नवराज खनिया (चितवन), दिनेश बस्नेत (दोलखा), खिमबहादुर थापा (स्याङ्जा), बद्रीप्रसाद देवकोटा (काठमाडौं–वस्तुगत), रमेश न्यौपाने (काठमाडौं–वस्तुगत), बुधबहादुर गुरुङ (काठमाडौं–वस्तुगत), अङ्कित श्रेष्ठ (रुपन्देही)।


सेवामुखी अभियानमा प्रतिबद्ध
नयाँ नेतृत्वले गुणस्तरीय, स्वच्छ र सुरक्षित पिउने पानी आपूर्ति गर्दै जनताको स्वास्थ्य सुरक्षा र व्यवसायीको हितमा समान रूपले ध्यान दिने घोषणा गरेको छ।
जनजीवनमा पानीजस्तो संवेदनशील चिजलाई सुरक्षित बनाउन महासंघले अबदेखि थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाली चलचित्र ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने

काठमाडौं – दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो।

फेस्टिभलले जारी गरेको सूचनाअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यस पटक महोत्सवका लागि ३,०५९ वटा चलचित्र पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो।

फिल्मका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथाहरूलाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताएका छन्। उनले भने, “नेपालका फरक–फरक कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ। ‘रिहाना’को बुसान छनोटले मलाई अझ ठुलो हौसला र प्रेरणा दिएको छ।”

चलचित्रलाई ‘अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो, जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य रहेको छ। चलचित्रको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन्। यसमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ। चलचित्रलाई उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेका हुन् भने रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन्।

शिशिर विशंखेको छायाङ्कन रहेको चलचित्रको सम्पादन गौरव कुमार मुल्लिकले गरेका हुन्। कास्टिङ निर्देशकको जिम्मेवारी मदन श्रेष्ठले निभाएका छन्। यसै गरी, साउन्ड डिजाइन र मिक्सिङको काम डिकेश खड्गी शाहीले गरेका छन्, र राम लाल खड्का प्रोडक्सन डिजाइनरका रूपमा छन्। फिल्मको सह–लेखन शैलेश आरसी (एलएसएम)ले गरेका छन्।

बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक मानिन्छ। विशेष गरी एसियाली सिनेमालाई विश्वसामु चिनाउने प्रमुख मञ्चको रूपमा यसले ख्याति कमाएको छ। नयाँ निर्देशक र फरक कथा शैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसलाई ‘एसियाको क्यान्स’ पनि भनिन्छ।

यस महोत्सवमा छनोट हुनु कुनै पनि देश वा चलचित्र निर्माताका लागि ठुलो उपलब्धि मानिन्छ। ‘रिहाना’ को यो सहभागिताले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा नेपालको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

दिनेश राउतको प्रेम कथानक ‘कुमारी’ घोषणा, अबिशेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा

काठमाडौं – निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अबिशेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो।

कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो। लिम्बुले यसै चलचित्रबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै चलचित्रको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे। ‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउत, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित चलचित्रका लागि चिनिन्छन्। यद्यपि, उनले हालसालै ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’, र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा आधारित चलचित्र पनि निर्देशन गरेका छन्। दर्शकको चाहनाअनुसार आफू फेरि प्रेमकथामा फर्किएको उनले बताए। निर्देशक राउतले ‘कुमारी’को निर्माण ‘पुजार सार्की’ चलचित्रभन्दा अगाडि नै थालेका थिए, तर विविध कारणले अहिले छायाङ्कनमा जान लागेको हो। ‘कुमारी’ को निर्माण बिनिश इन्टरटेन्मेन्टले गरिरहेको छ भने पिक्चर फ्रेमको सहकार्य रहनेछ।

यसका निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका छन्। चलचित्रमा अबिशेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ। चलचित्रको सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले गर्नेछन्। केहरले सबै गीतमा स्वर दिनेछन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। सार्वजनिक पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले र पोस्टर फोटोग्राफी राजभाई सुवालले गरेका हुन्।

चलचित्रको छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले बताएको छ। ‘कुमारी’को डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण सम्हाल्नेछन्। सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्।

चलचित्रमा सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ। चलचित्रमा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ। मिडिया तथा पब्लिसिटी एक्जिक्युटिभ जीवन पराजुली, कस्ट्युम डिजाइनर अञ्जली रिजाल, प्रोडक्सन म्यानेजर मनोज जोशी, प्रोडक्सन कन्ट्रोलर विदुर मानन्धर र सुदीप ढकाल, मेकअप आर्टिस्ट समारा जोशी, हेयर स्टाइलिस्ट सरस्वती श्रेष्ठ रहेका छन् भने तर्कराज न्यौपाने, राजेश राज गिरी र आयुष दाहालको सहायक निर्देशन रहनेछ।

प्रतिक्रिया राम्रो पाएको चलचित्र ‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा

काठमान्डौ – चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आजबाट दोस्रो हप्तामा प्रवेश गर्दै छ । राम्रो वर्ड अफ माउथ पाएको चलचित्र शुक्रबार (आज)बाट दोस्रो हप्तामा प्रवेश गर्दैछ ।

आम निम्ममध्यम बर्गिय नेपालीले भोगिरहेको समस्यालाई उठान गरेर बनाइएको चलचित्रले सकारात्मक वर्ड अफ माउथ पाएको छ । बाबाआमालाई आर्थिक अभावबाट बाहिर निकाल्न छोरोले गर्ने संघर्षको कथा चलचित्रले उठान गरेको छ । यसलाई दर्शकले सकारातमक प्रतिक्रिया दिइरहेका छन् ।

“हाम्रो चलचित्रलाई दशर्कले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ । त्यसैले दोस्रो हप्तामा थप राम्रोसँग चलचित्र चल्छ भन्ने हाम्रो विश्वास छ,” निर्देशक हिमाल न्यौपानेले भने, “वर्ड अफ माउथ राम्रो भएकाले चलचित्र पनि त्यही अनुसार चल्छ भन्ने हाम्रो विश्वास छ ।

चलचित्र हेरेर भावुक हुँदै रोइरहेका भिडियोहरू बाहिर आइरहेका छन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरण गरेको छ ।

‘सोल्टिनी’ भाइटिकामा रिलिज हुने, मेयर हर्क साम्पाङको टिम कार्यकारी निर्माता


काठमाडौं –
एकसाथ पाँच पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ। प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर यो चलचित्र अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउनेछ। यस चलचित्रमा रोचक कुरा के छ भने, कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लागि सक्रिय ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ। यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ रहेका छन्।

यस चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्, जसमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय रहेको छ।

चार वटा फरक-फरक पोस्टरहरूले चलचित्रको कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको जनाउँछन्। एक पोस्टरमा नायक-नायिकाको रोमान्टिक केमेस्ट्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। एक पोस्टरमा नायिका परीक्षा लिम्बु परम्परागत भेसभुसा र गहनामा सजिएकी देखिन्छिन्। अर्को एक पोस्टरमा ग्रामीण परिवेशमा पुल पार गर्दै हाँसिरहेका नायक-नायिका देखिन्छन्। प्राकृतिक सौन्दर्य र गाउँको जीवनशैलीलाई प्रस्ट्याउने यो दृश्यले कथामा ग्रामीण सौन्दर्य र सरल जीवनको प्रस्तुति हुने आभास दिन्छ। एक सामूहिक पोस्टरमा नायक-नायिकासहित अन्य पात्रहरूलाई समेत समेटिएको छ। यहाँ लोकसंस्कृति, नाचगान र हास्य–मनोरञ्जनको आभास पाइन्छ।

यस चलचित्रले दर्शकलाई फरक स्वादको कथासँग जोड्ने निर्देशक सुवेदीले दाबी गरे। चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबिचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ। यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ।


‘सोल्टिनी’का गीतहरूमा सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन्। प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह निर्माताहरू हुन्। रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेका छन् भने टि फल्क्स फिल्मस्ले नेपालमा वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक

काठमान्डौ ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने सिनेमाको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।

ट्रेलरले सिनेमाको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरेर उसकै बाउसँग फिरौती रकम माग्ने युवकको कथा सिनेमामा रहेको ट्रेलरले प्रष्ट पारेको छ ।

‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालको लेखन रहेको सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

सामाजिक कथामा निर्माण हुने सिनेमा ‘स्त्री’को शुभमुहूर्त, शनिबारबाट फ्लोरमा

काठमाडौँ।  आज ऋषि पंचमीको दिन बिसेष साइतमा पुजा पाठ गर्दै चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त सम्पन्न गरिएको छ। राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मंगलबार आयोजना गरिएको विशेष कार्यक्रमका बीच चलचित्रको क्यामेरा पूजासहित शुभसाइत गरिएको हो। जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने चलचित्र यहि भदौ १४ गतेबाट छायांकनमा जानेछ। काठमाडौँ आसपासमा चलचित्रको ३५ दिन छायांकन सेड्युल रहेको निर्देशक शाहीले बताए।

मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई र निर्माता रहेका छन्। यस चलचित्रलाई जीवन शाहिले निर्देशन गर्नेछन् । निर्देशक शाहीकै कथामा पटकथा निर्देशक जीवन शाही र किशन अर्यालले तयार परेका हुन् । चलचित्रमा बाबुल गिरीको संगीत, प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत, प्रोजेक्ट म्यानेजरमा सुबास काफ्ले, द्वन्द्व निर्देशनमा देव महर्जन, प्रमुख सह निर्देशकमा चन्द्र भण्डारी तथा मेकअपमा श्याम बराल रहनेछन्।

सामाजिक कथामा बन्ने चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहनेछ। बालकलाकारमा दिप्सन चिलवालको अभिनय रहनेछ। सह निर्माता सहदेव बिष्ट,प्रमोद भट्टराई प्रतीक,रिता श्रेष्ठ

मन्जु राजबंशी रहेका छन्। सयौ म्युजिक भिडियो निर्देशन गरि सकेका शाहीको यो डेब्यु सिनेमा हो। राम्रो सिनेमा बनाउन आफ्नो तर्फबाट सक्दो मेहनत गर्ने उनले बताए।

चलचित्रको ड्रेस डिजाइन सुकनिता चौलागाईंले गर्नेछिन्। शुभमुहूर्त कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र विकास बोर्डका प्रवक्ता सन्तोष बाबु लोहनीको विशेष उपस्थिति रहेको थियो।

विजय र वर्षाको अभिनय रहने चलचित्र ‘मालती मंगले’को शुभ मुहूर्त

काठमाडौं – गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ। बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको चलचित्रको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए। यस अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै चलचित्रको छायाङ्कनलाई शुभारम्भ गरेका थिए।

निर्माता समेत रहेका चर्चित गायक ढकालले शुभ मुहूर्त कार्यक्रममा ‘राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता’ व्यक्त गर्दै दर्शकलाई नेपाली समाजसँग जोडिने भावनात्मक कथा पस्किने बताएका थिए। त्यस्तै, कलाकार त्रय विजय बराल, वर्षा राउत र मेक्सम गौडेलले चलचित्र ‘मालती मंगले’ आफ्नो अभिनय यात्रामा विशेष बन्ने विश्वास व्यक्त गरेका छन्।

यस चलचित्रमा विजय, वर्षा, मेक्समसँगै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टर्राईलगायत कलाकारहरूको अभिनय रहने छ। चलचित्रको निर्देशन प्रकु पाण्डेयले गर्नेछन्। कथा स्वयं पाण्डेयकै लेखन रहेको छ भने पटकथा तथा संवाद गुरागाईँले तयार गरेका हुन्। चलचित्र पारिवारिक भावनासँग जोडिएको प्रेमकथामा आधारित रहने जनाइएको छ।

कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार चलचित्रको मुख्य छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिनेछ। छायाङ्कन कार्य शनिवारदेखि सुरु हुने तयारीमा छ। रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन् भने सह–निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ रहेका छन्।

चलचित्रमा छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी रहेका छन्। गीतहरू राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउदले लेख्नेछन् भने सङ्गीतमा हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागरले काम गर्नेछन्। कस्ट्युम डिजाइन रवि पोखरेल, कला निर्देशक मनोज बोगटी, प्रोडक्सन डिजाइनर रिजन परिया तथा प्रमुख सहायक निर्देशक शिशिर पोखरेल रहेका छन्।