अनमाेलको ‘२.० छड्के’ फागुन १९मा रिलिज हुने

काठमाडाैँ। अनमोल केसी अभिनीत फिल्म ‘२.० छड्के’ को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुनेछ। सार्वजनिक पोस्टरमा अनमोललाई ग्याङस्टार लुक्समा प्रस्तुत गरिएको छ। उनीसँगै केही केटाहरू पनि बुलेट बाइक चलाइरहेका छन्। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलका साथै…

Read More

तिहार लक्षित नेपाली फिल्म, राम्रो व्यापार हुने देखिएपछि चाडपर्वमा रिलिज डेट तोकिँदै

काठमाडाैँ। चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दसैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो । यसअगाडीको दसैँ तिहारमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठ बताउँछन् । “दर्शकहरू चाडपर्वको माहोलमा रहने हुँदा फिल्मले राम्रो व्यापार गरिरहेको पाइन्छ…

Read More

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

काठमाडाैँ। हास्य कलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्। उनी अभिनीत फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। ‘मलाई अभिनय गर्न मन लाग्छ। तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन। तर पनि म आफ्नो शरीरलाई जबर्जस्ती नै काममा व्यस्त बनाउँछु’, अभिनेता…

Read More

बहुप्रतिक्षित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति सार्वजनिक

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार यो फिल्म फागुन ५ गते नेपालसहितका केही मुलुकमा रिलिज हुने जनाएको हो। यो फिल्ममा दयाहाङ राई र बिपिन कार्कीको प्रमुख भूमिका रहेको छ। फिल्मको कथावस्तु भने पारिवारिक परिस्थितिमा आधारित भएको जानकारी दिइएको छ। फिल्म राई र कार्कीसहित अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र…

Read More

‘महापुरुष’ : हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र

काठमाडाैँ। महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएको जनाइएको छ । चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरूले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह आदि समावेश भएको पारिवारिक कथा महापुरुषमा चित्रण भएको सामूहिक अभिव्यक्ति दिए । अभिनेता एवं वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले महापुरुषमा समूहकार्य राम्रो…

Read More

‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

काठमाडाैँ। नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ । प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ । हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न उनिहरूले काम गरिरहे तापनि दर्शकले भिलेनमा रुचाए ।…

Read More

नयाँ प्रविधिमा पुराना फिल्म, विकास बोर्डले पुराना फिल्मको डिजिटाइजेशन तथा रिष्टोरेशन गर्दै

काठमाडाैँ। नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो । सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई फिल्मसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको…

Read More

प्रदर्शनको चाैथो हप्तामा ‘प्रेमगीत-३’

काठमाडाैँ।  प्रेमगीत-३ प्रदर्शनको चाैथो हप्तामा प्रवेश गरेको छ। विश्वभर विभिन्न भाषामा असोज ७ गतेबाट एक साथ प्रदर्शन भएको बहुप्रतिक्षित फिल्मले सफल प्रदर्शनको तेश्रो हप्ता पार गर्दै चाैथो हप्तामा लागेको हो। यो फिल्म विश्वभरका १२ सयभन्दा बढी स्क्रिनमा एकसाथ चलेको थियो। यो फिल्म नेपाली भाषामा बनेर हिन्दीमा डब भएर प्रदर्शन हुने पहिलो नेपाली  फिल्म हो। त्यस्तै,…

Read More

नेपाली चलचित्रलाई दर्शकको साथ, ‘प्रेम गीत ३’ लाई दर्शकको माया उस्तै

काठमाडाैँ। दसैँ लक्षित चलचित्रहरुले अहिलेसम्म दर्शक पाइरहेका छन् । गत असोज ७ गतेदेखि प्रदर्शनरत ‘प्रेम गीत ३’ लाई दर्शकले माया गरिरहेका छन् । हिन्दी भाषामा स्वराङ्कन गरेर प्रदर्शन गरिएको उक्त चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन भयो । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठलगायत कलाकारले अभिनय…

Read More

मर्मस्पर्शी र मनोरञ्जनात्मक छ ‘महापुरुष’ को ट्रेलर

काठमाडाैँ। बहुप्रतीक्षित महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो ४ बजे केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक भएको हो । कमेडी जनरामा बनेको ‘महापुरुष’ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लिड रोल रहेको छ । ट्रेलरमा बाबु र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा प्रौढ प्रेमलाई मर्मस्पर्शी ढंगले देखाइएको छ ।…

Read More