Thu. Jan 23rd, 2025

Category: नेपाली सिनेमा

अभिनयमा फर्किए अभिनेता प्रकाश घिमिरे

काठमाडौं / घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे सिनेमाको काममा फर्किएका छन्। उनी कार्तिक १० गते घाँस काट्ने क्रममा भिरबाट लडेका थिए । आजबाट उनले ‘महाजात्रा’को…

‘पूजार सार्की’मा भित्रिए पल शाह

काठमाडौं / निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘पूजार सार्की’मा अभिनेता आर्यन सिग्देल र प्रदीप खड्कापछि शनिबार अभिनेता पल शाहसँग सम्झौता गरेका छन् । पलले हालै सिनेमा ‘मायावी’को छायांकन…

‘आलिङ्गन’को निर्माण घोषणा

काठमाडौं / निर्देशक कमल एक्चै मगरले आफ्नो तेस्रो सिनेमा ‘आलिङ्गन’को निर्माण घोषणा गरेका छन् । अघिल्लो महिना गोरखा जिल्लाको मनकामना मन्दिरमा स्क्रिप्ट पूजा गरेपछि उनले शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै…

पिजी सर्टिफिकेटसहित सेन्सर पास भयो ‘जम्प’

काठमाडौं / आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जम्प’ सेन्सर पास भएको छ । फरक शैलीमा तयार पारिएको सिनेमाले केन्द्री जाँच पास समिति (सेन्सर बोर्ड) बाट पिजी सर्टिफिकेट…

महेश र सृष्टीको ‘११ः५५’ निर्माण घोषणा

काठमाडौं / बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली सिनेमा ‘११ः५५’ को निर्माण घोषणा गरिएको छ । केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने सिनेमामा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर…

‘दुई कदम’को ट्रेलरमा इओन र सिमोनको नोकझोंक

काठमाडौं / उदय सुब्बा निर्देशित सिनेमा ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र…

‘दान्भी’ पोस्टरमा मेसिनगनसहित देखिइन् पूजा

काठमाडौं / अभिनेत्री पूजा शर्मा नेपाली एक्सन प्रधान सिनेमा ‘दान्भी’मा शक्तिशाली मेसिनगनसहित देखिने भएकी छन् । मंगलबार उनको चरित्र चित्रण गर्ने एउटा पोस्टर सार्वजनिक गरिएको छ । जसमा उनी मेसिनगन…

‘कंङ्गारु’मा अभिनेता केदार घिमिरे अनुबन्धित

काठमाडौं / सिनेमा ‘कंङ्गारु’मा अभिनेता केदार घिमिरे अनुबन्धित भएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको टिम बाहिर रहेर सुदर्शन थापा निर्देशित ‘रामकहानी’मा काम गरेका उनी दोस्रो पटक ‘कङ्गारु’मा जोडिएका…

दयाहाङ र सौगात स्टारर ‘हात्तीछाप’को टिजर सार्वजनिक

काठमाडौं / अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको नयाँ सिनेमा ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । यो टिजरमा माया-प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । टिजरमा सिनेमाका अधिकांश…

सकियो मिलन चाम्स निर्देशित ‘अन्जिला’को छायांकन

काठमाडौं / महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर बनेको सिनेमा ‘अन्जिला’को छायांकन सकिएको छ । छायांकन थालिएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा एन्जिलाकै अन्तिम सिन खिचिएको थियो ।एन्जिलाकै जन्मथलो इलामको आइतबारेबाट छायांकन सुरु गरिएको थियो । यसपछि इलाम, झापा र काठमाडौँमा खिचिएको हो । मिलन चाम्स निर्देशित सिनेमामा एन्जिलाका साथै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजयबराल, हरि खड्का, मन्जु श्रेष्ठ, बेदना राई, सिध्दार्थ  सिंह, सुरज तमु, सुमिन गुरुङ, बिष्णु मोक्तानको पनि अभिनय छ । सिनेमकानिर्माता प्रेम कुमार श्रेष्ठको पनि मुख्य भूमिका छ । एन्जिलाको व्यस्तताका कारण फिल्मको छायांकन सुरु हुन ढिला भएको थियो । छायाङ्कन सकिएपछि सह-निर्माताद्वय राजेश बगडिया र विनोद अग्रवालले एन्जिलालाई एकथान स्कुटर उपहार प्रदान गरेका छन् ।त्यस्तै, फिल्मलाई सम्पन्न गरिदिएकोमा धन्यवाद दिँदै निर्माता प्रेम कुमार श्रेष्ठले निर्देशक चाम्सलाई पनि बिनेली ब्रान्डको एक स्कुटरउपहार दिएका छन् । सफल खेलाडी बन्नुभन्दा अघि एन्जिलाले धेरै दुःखहरु भोगेको र इच्छाशक्ति भएदेखि असम्भव भन्ने कुरा नहुने सन्देश सिनेमाले दिनेनिर्देशक चाम्सले बताए ।