
सिनेमा उद्योगमा नयाँ आशाको रेखा
नेपाली फिल्म उद्योगले लामो समयदेखि पर्खिरहेको सफलता ‘ऊनको स्वीटर’ले ल्याएको छ। विपिन कार्की र मिरूना मगरको मुख्य अभिनय रहेको यस फिल्मले दर्शकमाझ बेग्लै तरंग पैदा गर्दै यो वर्षको पहिलो सुपरहिट बन्न सफल भएको छ। नविन चौहानको निर्देशनमा बनेको यो फिल्मले रिलिजको केही दिनमै सकारात्मक समीक्षाका साथै उत्साहजनक दर्शक उपस्थिति पनि सुनिश्चित गर्यो। फागुन रिलिज…