आशिष अबिरल र एलिना चौहानको आवाजमा “पुतली” गीत सार्वजनिक

काठमाडौं ।—साहित्यकार भीष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईको सङ्गीत, पछिल्लो समयका लोकप्रिय गायक\गायिका आशिष अबिरल र एलिना चौहानको स्वर रहेको गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सञ्जु फिल्मको “मै भी बडीया तु भी बडीया” जस्ता थुप्रै चर्चित भारतीय गीतका सङ्गीत संयोजक निषाध चंद्राको सङ्गीत संयोजन र आशिष अबिरलकै मिक्सिङ्ग माष्टरिङ्गमा नयाँ ट्रेन्डिङ गीत “पुतली” एपी चलचित्र प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

सुनिल सुनिल बिकको निर्देशकीय भूमिका रहेको गीतको भिडियोमा चर्चित मोडेल प्रदिप लामा, जुना सुन्दासको अभिनय रहेको छ भने अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढा मगर, सुमित राजबंशीले अभिनयमा साथ दिएका छन । गीतको भिडियोमा शियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ भने अनिल के मानन्धरको छायांकन, राजु लामाको सहायक छायांकन, अविनाश मानन्धरको ड्रोन, प्रविन भट्टको सम्पादन, मिलन बिश्वकर्माको कलर, ज्योती के.सी. र नविन खड्काको श्रृंगार र निर्मल न्यौपानेको प्रोडक्सन रहेको छ ।

Leave a Reply