Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम नेपाली चलचित्रको स्तर अब धेरै नै माथि सम्म पुगिसकेको छ | यो कुराको एउटा ज्वलन्त उदहारण अहिले चलचित्र “हेप्पी डेज” बनेको छ | चलचित्रको निर्माण हुनु अगावै देखि चलचित्रको ठुलो चर्चा हुन थालेको छ | चर्चा हुनुको कारण पनि जायज रहेको छ किन भने चलचित्र “हेप्पी डेज” अहिले सम्मको निर्माण भएका नेपाली चलचित्र भन्दा माथि उठेर निर्माण हुने क्रममा छ | चलचित्रले आफ्नो ९५ % छायांकन युके र स्कटल्याण्डमा गर्ने भएको त्यो पनि त्यहाको सबैको प्राबधान पुरा गरेर कानुनी हिसाबले | यो अहिले सम्मको नेपाली चलचित्र इतिहासमा नौलो कुरा हो | त्यसै गरि चलचित्रले आफ्नो ५ % छायांकन मात्र नेपालमा गरेको थियो जसमा मात्र ३ मिनेटको सिन रहेको थियो तर त्यसको लागि चलचित्र युनिटले ३० लाखको आफ्नो सेट तयार पर्यो यो पनि नेपाली चलचित्र इतिहासमा पहिलो पटक नै हो |
15300463_644614402403402_2063825226_n
अहिले फेरी चलचित्र “हेप्पी डेज” को चर्चा माथि पुगेको छ | चलचित्र युनिटलाई लन्डनमा दुतावासले भोजको लागि निम्तो नै पठाएको छ | लन्डनका लागि नेपालका राजदुत दुर्गाबहादुर सुवेदीले “हेप्पी डेज” युनिटलाई स्वागत पनि गर्नुभएको थियो | त्यस्तै उहाले चलचित्रको छायांकनको क्रममा त्यसका साथै कुनै पनि समयमा आफ्नो तर्फबाट पुरा सहयोग हुने बाचा समेत गर्नुभएको छ | त्यसै गरि दुतावासले चलचित्र “हेप्पी डेज” को छायांकनको लागि चाहिने सबै खाले सुबिधा समेत चलचित्र युनिटलाई उपलब्ध गराउने भएको छ | भेटघाटको क्रममा चलचित्रका निर्देशक मिलन चाम्सले आफ्नो चलचित्र युनिटको परिचय राजदुतज्युलाई गराएका थिए | त्यसै गरि सबैले उहाको मनोरंजन समेत गरेका थिए |

चलचित्र “हेप्पी डेज” युनिट राजदुतावास पुग्दा राजदुत दुर्गाबहादुर सुवेदी निकै खुशी हुनुभएको थियो | उहाले आफ्नो निम्तो स्वीकारेर त्यो भेटघाटमा सरिक भैदिएकोमा निर्देशक मिलन चाम्स सहित उनको चलचित्र युनिटलाई हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियो | त्यसै गरि उहाले कुनै पनि बेला कुनै पनि समस्या परेमा तुरुन्त सम्पर्क गर्न चलचित्र युनिटलाई अनुरोध समेत गर्नुभएको थियो | नेपाली चलचित्र यसरि बिदेशी भूमिमा आएर छायांकन गर्दा र आफ्नो मौलिकता बिदेशमा समेत विस्तार सारा नेपालीको लागि नै यो गर्वको कुरा रहेको समेत उहाले बताउनु भएको छ |
15310638_644614825736693_1832685971_n
अहिले चलचित्र “हेप्पी डेज” को अहिले इंग्ल्यान्ड र वेल्समा छायांकन भईरहेको छ | त्यसै गरि चलचित्र अब चाडै नै आफ्नो छायांकनको लागि स्कटल्याण्ड जाने तयारीमा रहेको छ | आफ्नो चलचित्रलाई दुतावासले दिएको स्वागत सत्कार र सहयोगको बाचाले आफुलाई आफु लगाएत आफ्नो टिमलाई अगाडी बढ्ने अझै धेरै हौसला मिलेको कुरा निर्देशक मिलन चाम्सले बताएका छन् | त्यस्तै उनले चलचित्र “हेप्पी डेज” हामी सबै नेपालीहरुको चलचित्र भएकोले चलचित्रलाई सके सम्म राम्रो बनाउने प्रयास आफ्नो तर्फबाट गर्ने र कुनै किसिमको कमि कमजोरी नराखने प्रतिबध्ता जाहेर गरेका छन् | त्यस्तै चलचित्रको छायांकनको लागि छायांकार रामकुमार केसी, प्रमुख सहायक निर्देशक गिरीराज घिमिरे, सम्पादक अर्जुन जिसी, द्वन्द्व निर्देशक सकुमार बस्नेत, कलाकार सन्जय गुप्ता, सहायक निर्देशक एवं फोटोग्राफर करुणा गुरुङ लगाएतका टोलि अहिले युकेमा रहेका छन् |
15327528_644615069070002_2112797248_n
 
चाम्स इन्टरटेनमेन्टको तेस्रो प्रस्तुति रहेको चलचित्र “हेप्पी डेज” मा निर्माता तर्फ बिपी खनाल , भवानी शर्मा र हिराल जोशी रहेका छन् | चलचित्रको निर्देशनको जिम्मा भने निर्देशक मिलन चाम्सले नै लिनुभएको छ | चलचित्रमा दयाहाङ्ग राई , प्रियंका कार्की , संजय गुप्ता , बिक्की जोशी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहने छ | चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहने चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत रहने छ | यस्तै राम कुमार केसी र कोल्लिन पिककको छायांकन रहने यस चलचित्रमा गिरीराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् | चलचित्रको सम्पादन तर्फ भने अर्जुन जिसीको हात रहने छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: