Mon. Feb 24th, 2025

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत सांगीतिक क्षत्रको बढ्दो विकास संगै यस क्षत्रमा आबद्ध व्यक्तिहरु पनि निकै डटेर लागेको उदहारणहरु पनि हामी माझमा रही आएको छ | धेरै लामो समय देखि नेपाली गीत संगीतको जगतमा कलम चालिरहेका रचनाकार गोपी दाहालले अब भने निर्देशन तर्फ पनि आफ्नो पाईला चालिरहेका छन् | आफ्नो कलमको सुन्दर रचनाहरुबाट अधिकांश दर्शकहरुको मनमा राज गरिसकेका उनले दर्शकहरुलाई आफ्नो नया प्रस्तुति दिने प्रयास गरिरहेका छन् | धेरै राम्रा राम्रा गीतहरुको रचना गरेर दर्शक माझमा प्रस्तुत गरिसकेका उनले अब छिट्टै नै आफ्नो नया गीत दर्शकहरुको अगाडी लिएर आउने जमर्को गरिरहेका छन् | भर्खरै मात्र उनको प्रज्वल एल्बममा समावेश “बास गर मेरी माया दिलको छहारीमा” बोलको गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ | उनको शब्द रचना र अम्बेर सुब्बाको कम्पोजिसनमा तयार भएको गीतमा गायक राजेश पायल राईले आफ्नो सुमधुर भरेका छन् |
gopi-dahal
यस गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो तयार भएको छ | गीतको म्युजिक भिडियोलाई ल्याब ३ क्रियुको प्रोडक्सनको निर्माणमा रचनाकार गोपी दाहालले स्वयम निर्देशन गरेका छन् | गीतमा भानु तिवारी र मुना बस्नेतले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् | गीतमा नन्दु लागुनको नृत्य निर्देशन समावेश रहेको छ | भिडियोलाई काशी कडेलले छायांकन गरेका हुन् | गीतको म्युजिक भिडियो पनि निकै ठुलो लागतमा बनेको कुरा भनिएको छ |
gopi-dahal
रचनाकार गोपी दाहालको नेपाली गीत संगीत प्रतिको योगदान निकै अपरिहार्य रहेको छ | उनि हाल अमेरिकामा बसोबास गर्दछन | उनले बिदेशी भूमिमा रहेर समेत नेपाली गीत संगीत क्षत्रमा निरन्तर लागिपरेका छन् | विभिन्न सुन्दर रचनाहरुको माध्यमबाट नेपाली दर्शक श्रोताहरुलाई मनोरंजन प्रदान गर्दै आएका उनले अब निर्देशनको माध्यमबाट समेत दर्शकहरुको मन जित्ने जमर्को गरिरहेका छन् | उनले पहिलो पटक निर्देशन गरेको अब आउने उनको गीतको सम्पूर्ण छायांकन सकेर सम्पादन कक्षेमा रहेको छ | उनले आफु भित्र रहेको प्रतिभालाई दिन प्रति दिन बढाउदै लगिरहेका छन् | आफ्नो पहिलो प्राथमिकतामा नेपाली गीत संगीतलाई राखेका उनले सधैब नेपाली गीत संगीतमा नै आफ्नो जीवन व्यतित गर्ने प्रतिबद्धता जाहेर गरेका छन् | अब आउदै गरेको उनको नया गीतले सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् |
gopi-dahal
अबको उनको प्रस्तुतिहरु केहि फरक हुने र दर्शक श्रोताहरुले नया नया कुराहरु हेर्न पाउने कुरा उनले उल्लेख गरेका छन् | नेपाली गीत संगीत हाम्रो आफ्नो गीत संगीत भएकोले हामी जहाँ भए पनि नेपाली गीत संगीतलाई सधैब माया र सम्मान गर्नुपर्छ भन्ने धारण उनको रहेको छ | त्यसै गरि उनले सम्पूर्ण नेपाली दर्शकहरुलाई सधैब नेपाली गीत संगीत सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुन हृदय देखि नै हार्दिक अनुरोध गरेका छन् |
gopi-dahal

Leave a Reply