Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीतको बदलिदो परिवेश संगै थुप्रै पुराना तथा नया कलाकारहरु यस क्षत्र प्रति अधिक सक्रिय भएको देखिन्छ | नेपाली दर्शक श्रोताहरुको टेस्ट अनुसारको गीत संगीतहरुको निर्माण कार्य पनि अहिले तिब्र रुपमा भैरहेको कुरा हामी सबैलाई थाहा नै छ | तर पनि यो बिचमा अहिले नेपाल भन्दा नेपाल बाहिरका नेपाली नया कलाकारहरु अझै बढी सक्रिय भएको देखिएको छ | नया पुस्ताको बढी आकर्षण रहेको अहिले नेपाली गीत सांगीतिक क्षत्रमा बिदेशमा बसेर पनि थुप्रै नेपाली कलाकारहरुले योगदान दिईरहेका छन् | यसै बिचमा यस्तै युवा पुस्ताका एक नया कलाकार हुनुहुन्छ गायक नवराज राई | उहा अहिले नेपाली देखि टाढा सिंगापुर देशमा रहेर नेपाली गीत संगीतमा आफ्नो पाईला चालिरहनु भएको छ |
nabaraj-rai
उहाले आफ्नो नेपाली गीत संगीतमा आफ्नो पहिलो पाईला स्वरुप “हारै हार भयो” बोलको सुमधुर सेन्टीमेन्टल गीत दर्शकहरु माझमा सार्वजनिक गर्नुभएको छ | मित्रजित राईको शब्द रचनामा तयार भएको यस गीतमा स्वयम गायक नवराज राईले नै आफ्नो स्वर संगीत दिनुभएको छ | गीतलाई अरेन्ज गर्ने काम भने प्रदिप श्रेष्ठले गर्नुभएको छ | गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो बनेको छ | अहिलेको युवा पुस्तालाई नै केन्द्रित पारेर गीतको म्युजिक भिडियोको निर्माण गरिएको छ | राकेश किरातीको निर्देशनमा रोशिमा र राजनले गीतको म्युजिक भिडियोमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् |
nabaraj-limbu
बिदेशी भूमिमा रगत पसिना बगाएर काम गरिरहदा समेत नेपाली गीत संगीतलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर सांगीतिक माहोलमा रुमलिदै हुनुहुन्छ गायक नवराज राई | आफ्नो सानै देखिको इच्छा चाहनालाई उहाले अहिले आएर धेरै बर्षको मेहेनत र साधना पछि सहि रुप दिनुभएको छ | आफु भित्रको कलालाई अहिले उहाले सहि दिशा तर्फ निर्धारण गर्नुभएको छ | नेपाली गीत संगीत क्षत्रमा नै केहि गर्छु भन्ने भावना बोकेर उहा अगाडी बढिरहनु भएको छ | उहाको पहिलो प्रस्तुतिले नै उहा भित्रको प्रतिभाको लागि अगाडीको बाटो खोलिसकेको छ | दर्शकहरुले उहाको पहिलो प्रस्तुतिलाई मनपराउनुको साथै उचित सम्मानको साथमा राम्रो प्रतिक्रियाहरु समेत दिनुभएको छ |
nabaraj-rai
दर्शकहरुको यस किसिमको माया र सम्मानले आफ्नो हौसला अधिकतम बढेको र आफुलाई अझै राम्रो अगाडी गर्नको लागि ठुलो हौसला मिलेको उहाले बताउनु भएको छ | अबको दिनहरुमा नेपाली सम्पूर्ण दर्शकहरुलाई अझै राम्रो प्रस्तुतिहरु पेश गर्ने कोसिस आफुले गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ | त्यसै गरि उहाले कहिले पनि नेपाली गीत सांगीतिक क्षत्रबाट पछि नहट्ने र सधैब नेपाली दर्शकहरुलाई आफ्नो प्रस्तुतिले खुशी तथा सन्तुष्ट राख्ने प्रयास गर्ने उल्लेख गर्नुभएको छ | त्यसका साथमा उहाले अब छिट्टै नै आफ्नो प्रस्तुतिको लागि काम थालनी गर्ने र सके सम्म छिटो नै दर्शकहरुको निमित्त आफ्नो नया प्रस्तुति लिएर आउने बताउनु भएको छ | अबको नया प्रस्तुति निकै राम्रो हुने र सबै नेपाली दर्शकहरुले मन पराउनु हुने विश्वास उहाले ब्यक्त गर्नुभएको छ | त्यसै गरि उहाले बिस्वको जुन सुकै कुनामा रहनु भएको सम्पूर्ण नेपालीहरुलाई तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै सधैब नेपाली गीत संगीतलाई सुनेर हेरेर माया र सम्मान गरि सहि मुल्यांकन गरेर सल्लहा सुझाबको साथमा आफु जस्तो सबै नया कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुन हृदय देखि नै बिनम्र अनुरोध समेत गर्नुभएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: